भारत र बंगलादेशसँग त्रिपक्षीय विद्युत सम्झौता गर्न संयन्त्र बनाऔं : सांसद शर्मा (भिडिओ) – Nepal Press

भारत र बंगलादेशसँग त्रिपक्षीय विद्युत सम्झौता गर्न संयन्त्र बनाऔं : सांसद शर्मा (भिडिओ)

‘सन् २०३० सम्म ३० हजार मेगावाट बिजुली उत्पादन गर्न सकिन्छ, भारतीय लगानीकर्तालाई जलासयुक्त परियोजनामा लगानीको वातावरण बनाइदिनुपर्छ’

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले प्रधानमन्त्रीको भारत भ्रमणभन्दा अगाडि सर्वदलीय संसदीय संयन्त्र गठन गरेर दुई देशबीच जलविद्युत उत्पादन तथा विक्री सम्बन्धी ठोस प्रस्ताव तयार पार्न सुझाव दिएका छन् ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद शर्माले आफूले हालै भारतका विभिन्न सहरमा त्यहाँका व्यवसायीहरुसँग भेट्दा नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षीय विद्युतट विकास तथा व्यापार सम्झौता हुनसक्ने आधार देखेको बताए ।

मेडिकल व्यवसायी र उद्यमी समेत रहेका सांसद शर्माले नेपालको जलासयको क्षमता अनुसार २३ वटा परियोजनाबाट सन् २०३० सम्म ३० हजार मेगवाट क्षमताको बिद्युत उत्पादन गर्न सकिने बताए । उनले त्यसका लागि भारत र बंगलादेशका लगानीकर्तालाई पनि आकर्षित गर्न सकिने बताए ।

सांसद शर्माले भने- भारतीय लगानीकर्ताको गुनासो छ । तपाईहरुले उत्पादन अरुलाई गर्न दिने र विजुली हामीले किनिदिनु पर्ने भन्ने वैज्ञानिक कुरा भएन भन्छन् । प्रधानमन्त्रीको भ्रमण अगावै यी विषयमा राजनीतिक संयन्त्र तयार पारेर छलफल गर्ने हो त्रिपक्षीय सम्झौता पनि सम्भव रहेछ ।

सांसद शर्माले भारत र बंगलादेशलाई पनि वीन वीनको अवस्थामा ल्याएर लगानीको वातावरण बनाइदिनुप पर्ने भन्दै भारतलाई हेर्ने परम्परागत दृष्टिकोण परिवर्तन हुनुपर्ने समेत बताए ।

उनले भने- हिजोको परम्परागत एप्रोचको डिप्लोमेसीले भारत र नेपालको बीचमा दरार पैदा गरेको थियो । अब अहिलेको भारत हाम्रो कालिगण्डकीबाट ढुंगा टिपेर गएर जनकपुरमा पुजा गरेर अध्योध्यामा राम सीता र लक्ष्मणको प्राण प्रतिष्ठा स्थापना गरेर संसारका हिन्दुहरुलाई आकर्षित गर्ने भारत हो । हामी चाँडो जलासययुक्त ड्याम बनाएर उनीहरु लगानी गर्न यहाँ ल्याएर लाई ल्याएर बिजुली बेचौं ।

शर्माले भारतलाई पिक आवरमा चािहने बिजुली नेपालले बेच्न सक्ने सम्भावना रहेको बताए ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर