रास्वपा सांसद ढाका श्रेष्ठमाथि छानबिन गर्न राष्ट्रियसभामा सांसद दिलकुमारीको माग (भिडिओ) – Nepal Press

रास्वपा सांसद ढाका श्रेष्ठमाथि छानबिन गर्न राष्ट्रियसभामा सांसद दिलकुमारीको माग (भिडिओ)

काठमाडौं । नेकपा (एमाले) की सांसद दिलकुमारी रावलले दुई करोड घुस प्रकरणको अडिओ सार्वजनिक भएपछि विवादमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सांसद ढाकाकुमार श्रेष्ठबारे सत्यतथ्य छानबिन गरी कारबाही गर्न सरकारसँग माग गरेकी छन् ।

सोमबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले घुस लिने र दिने दुवै राष्ट्रको शत्रु भएकाले घुस लिने काममा निलम्बित सांसद श्रेष्ठ मुछिएका हुन/होइन ? सत्यतथ्य छानबिन गरी कारबाही गर्न माग राखिन् ।

रावलले भनिन्, ‘हामीले देखिरहेका छौं अहिले २ करोडको अडिओ एकदमै भाइरल भइरहेको छ । यसमा सरकारको के छ ? यो के हो ? यसको तथ्यसत्य के हो ? हामीले भनिरहेका छौं- घुस लिने र दिने राज्यको शत्रु हुन । यो कारबाहीको दायरामा आउनुपर्छ भनिरहँदा यो घटना आइरहँदा यो पार्टी विशेषको नभई सरकारले सत्यतथ्य छानबिन गरेर कारबाहीका दायरामा ल्याउन ध्यानाकर्षण गराउन चाहन्छु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर