महराको जिकिर- संक्रमणकालीन न्याय अदालत र न्यायाधीशले हस्तक्षेप गर्न मिल्दैन (भिडिओ) – Nepal Press

महराको जिकिर- संक्रमणकालीन न्याय अदालत र न्यायाधीशले हस्तक्षेप गर्न मिल्दैन (भिडिओ)

युद्धकालका केही नेता र एमालेमा रहेका साथीहरू माओवादीमा फर्किन सकारात्मक हुनुहुन्छ

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले संक्रमणकालीन न्याय अदालत र न्यायाधीशले हस्तक्षेप गर्ने विषयवस्तु नभएको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित माओवादी घटकको संयुक्त अन्तरक्रियामा पार्टी प्रवक्तासमेत रहेका उनले सत्य निरुपण तथा मेलमिलाप आयोगद्वारा यो विषय टुंगो लाग्नुपर्ने बताए ।

उनले भने, ‘संक्रमणकालीन न्यायको विषय सत्य निरुपण आयोगद्वारा निरुपण हुनुपर्छ भन्ने हो । यो अदालतले वा न्यायाधीशले हस्तक्षेप गर्ने विषयवस्तु होइन । वृहत विस्तृत शान्ति सम्झौताको मर्मको विषय पनि यही हो । मर्मअनुसार दिगो शान्ति कायम गर्ने र वास्तवमा राज्यको पुनः संरचनासहित शान्ति र निष्कर्षमा पुर्‍याउने हो । १० वर्ष जनयुद्ध भएको हो, कारबाही भएको हो, तर यसलाई कुनैपनि पुरानो कानून हेरेर हुँदैन । यसलाई आयोगद्वारा हल गर्नुपर्छ ।’

युद्धकालीन केही नेता, एमालेमा रहेका पूर्वमाओवादी नेता माओवादीमा फर्किन सकारात्मक रहेको महराको भनाई थियो ।

‘केही साथीहरू एमालेमा हुनुहुन्छ माओवादी जनयुद्धका, उहाँहरूसँग कुरा गर्दा यस पटक आउँदैनौं तर हेर्दै जाउँ भन्नुभएको छ, उहाँहरु पनि पोजेटिभ हुनुहुन्छ । व्यवहार गर्दा सिद्धान्त विर्सिने, सिद्धान्त हेर्दा
व्यवहार बिर्सिने कुरा कम्युनिष्ट नेताहरूमा रोग छ । त्यो मेटाउनु पर्छ ।’

पूर्वमाओवादीहरूबीच सके पार्टी एकता र नसके कार्यगत एकता हुनुपर्नेमा जोड दिइरहेको भन्दै उनले समाजवादी मोर्चा बनाउने उद्देश्य सफल हुने जिकिर गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर