समिट होटलको प्रतिवद्धता- नक्सा पास गरेर सहमतिमा काम अगाडि बढाइनेछ – Nepal Press

समिट होटलको प्रतिवद्धता- नक्सा पास गरेर सहमतिमा काम अगाडि बढाइनेछ

काठमाडौं । समिट होटलले कोपुण्डोल हाईटमा साविक समिट होटल रहेको स्थानमा समिट रेसिडेन्सीको अवधारणा कार्यान्वयनको चरणमा निर्माणस्थलको जग्गाको ‘पाईल प्रोटेक्सन’को नक्सा पास र वातावरणीय प्रभाव मूल्यांकन भएको बताएको छ ।

समिट होटल प्रालिका सञ्चालक संचित श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै यस परियोजनाको नक्सा सम्बन्धी मामिला काठमाडौं उपत्यका विकास प्राधिकरणले हेर्ने भएकाले सोही कार्यालयबाट अगाडि बढाइएको उल्लेख गरेका छन् ।

‘नक्सा र वातावरणीय प्रभाव मूल्यांकन सहितको प्रगति विवरण ललितपुर महानगरपालिकामा पेश गरिने छ । साईटको पूर्वदक्षिणतर्फको केही जमिन भासिन गई स्थानीयवासीको आवासमा समेत असर परेकाले उक्त समस्या देखिए लगत्तै निर्माण कम्पनी, स्थानीयवासी र जनप्रतिनिधि समेतको रोहवरमा छलफल गरी समस्या समाधानका लागि सहमति भइसकेको छ । काम अगाडि बढेको छ’, विज्ञप्ति भनिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *