कर्णालीका पर्यटनमन्त्री मल्लको ७५ दिन : के-के काम गरे ? – Nepal Press

कर्णालीका पर्यटनमन्त्री मल्लको ७५ दिन : के-के काम गरे ?

सुर्खेत । कर्णालीका निवर्तमान उद्योग वातावरण तथा पर्यटनमन्त्री जीतबहादुर मल्लले ७५ दिनमा आफूले गरेको गतिविधिका बारेमा जानकारी दिएका छन् ।

सोमबार पत्रकार सम्मेलनमार्फत आफूले सांगठनिक संरचना, जनशक्ति, साधन स्रोत र मन्त्रालयका तहगत गतिविधिमा नीतिगत वाधा व्यवधानबारे अध्ययन गरेको बताए ।

‘मन्त्रालयमा रोकिएको कामलाई अगाडि बढाएका छौं । कर्णाली प्रदेशका औद्योगिक व्यावसायिक नियमावली, व्यापार व्यावसायिक नियमावलीलाई समूहगत र कार्यदल गठन गरेर मन्त्री स्तरबाट निर्णय गराएर क्याबिनेटमा पेस भएको छ । प्रदेशको वन नियमावली नभएको हुँदा वन नियमावलीको क्याबिनेटमा पेस गर्ने तयारी भएको छ’, मल्ले भने, ‘भू–तथा जलाधार कार्यालय कर्णालीमा दुई वटा छन् । जुन जुम्ला र सुर्खेतमा रहेका छन् । उक्त कार्यालयले गर्ने काम धेरै भएका हुनाले यसको नीतिगत क्षेत्र बढाउनु पर्छ । डोल्पा, हुम्ला मुगु र रुकुम पश्चिम साइट कार्यालयका रूपमा जनताको सहजका लागि नीतिगत व्यवस्था भएको छ ।’

७५ दिन इमानदारिताका पूर्वक काम गरेको मल्ले दाबी गरे । ‘प्रदेशको आम्दानीको स्रोत उद्योग वातावरण तथा पर्यटन मन्त्रालय भएको हुँदा मन्त्रालयमा कर्मचारीको जनशक्तिमा कमी रहेको छ । दक्ष जनशक्ति जुटाउनु पर्ने आवश्यक छ । सबै कार्यालयमा रिक्त रहेका कर्मचारीको दरबन्दीलाई पूर्ति गरेर सेवालाई चुस्त बनाउनु पर्नेछ’, मल्ले भने ।

‘कर्णालीमा ११ वटा डिभिजन वन कार्यालय, ९ घरेलु उद्योग, २ भू–तथा जलाधार व्यवस्थापन कार्यालयको साङ्गठनिक वस्तुस्थिति बुझेको छु । कर्णालीका केही जिल्लामा बनेका विमानस्थलमा हवाई उडान नभएको हुँनाले यसको पहल गरेका छौं’, उनले भने, ‘सिता एअर र तारा एअरले मन्त्रालयमा अवधारणा पत्र पेस गरेको छ । ८० प्रतिशत यात्रु सुनिश्चित गर्न सकिन्छ की भनेर सोधिरहेका छन् । मैले भनेको छु, ८० प्रतिशत भए पनि यात्रु पुराउँछौँ र नपुगे पनि मन्त्रालयले केही कन्ट्रोभिजन गरेर सेवा सुरु गर्नुपर्छ । हुम्ला, मुगु, कालिकोट, जुम्ला, चौरजहारी विमानस्थलमा हप्ताको एक पटक सुर्खेतको विमानस्थल देखि यी विमानस्थलमा हवाई पुराउनुपर्छ भन्ने विषयको उठान भएको छ ।’

उनले भने, ‘छोटो समय भएको हुँदाले धेरै गरिहाल्यो, धेरै भइहाल्यो भन्ने भएन । छोटो समय भए पनि सकारात्मक सोच, भावनामा सबैसँग सुमधुर सम्बध रहेर काम गर्ने वातारण भयो ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर