सांसदको अडिओ प्रकरणमा रास्वपाले सदनमा माग्यो माफी (भिडिओ) – Nepal Press

सांसदको अडिओ प्रकरणमा रास्वपाले सदनमा माग्यो माफी (भिडिओ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभामा माफी मागेको छ । पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड बार्गेनिङ गरेको अडिओ सार्वजनिक भएपछि रास्वपा प्रमुख सचेतक सन्तोष परियारले प्रतिनिधि सभामा माफि मागेका हुन् ।

उनले भने, ‘‘हाम्रो सांसदको कारणले घटेको घटनाले तपाईंहरूको सम्मानमा पुगेको चोटप्रति हामी क्षमाप्रार्थी छौँ । संसदको गरिमा बढाउने रास्वपाको अभियानमा हामी अक्षुण्ण रहनेछौँ । यो घटनाले हामीलाई कतै पनि विचलित गराउने छैन । भविष्यमा पनि संसदीय दलमा रहेका राष्ट्रियहरू पर रहनुपर्छ । लोकतन्त्रलाई सुदृढ र समृद्ध बनाउनुपर्छ । यो घटनाले संसदको गरिमामा पर्न गएको मानमर्दनलाई क्षमा प्रार्थी गर्छु ।’

अडिओ प्रकरणलाई गम्भीर रूपमा लिएर सत्यतथ्य छानबिन गर्ने बताए । छानबिन गर्न पार्टीको केन्द्रीयअनुशासन समितिलाई तीन दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको समेत बताए ।

उनले भने, ‘नेपालको राजनीतिमा यो घटना नयाँ भने होइन। यस्ता घटना विगतमा पनि भएका छन् । ती घटनाको पनि सत्यतथ्य छानबिन हुन सक्यो भने लोकतन्त्रप्रतिको हाम्रो प्रतिबद्धता अझै प्रतिबद्ध हुन्छ भन्ने लाग्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर