कार्यव्यवस्था परामर्श समितिको बैठक जारी : विषयगत समिति गठनसहित यस्ता छन् एजेण्डा (भिडिओ) – Nepal Press

कार्यव्यवस्था परामर्श समितिको बैठक जारी : विषयगत समिति गठनसहित यस्ता छन् एजेण्डा (भिडिओ)

काठमाडौं । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ । नयाँ बानेश्वरस्थित संघीय संसदको शंकर हलमा सभामुख देवराज घिमिरेले बैठक आव्हान गरेका हुन् ।

बैठकमा प्रतिनिधिसभाको आजको बैठकको कार्यसूची, विषयगत समिति गठन, संघीय संसदको संयुक्त बैठक र संयुक्त संशोधन नियमावली संशोधन मस्यौदा समिति गठन लगायतको विषयमा छलफल गर्ने कार्यसूची छ ।

सभामुख घिमिरेले कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरू मनोनयन गरेपछि आज पहिलो बैठक बसेको छ ।

बिहीबार बसेको बैठकमा कार्यव्यवस्था परामर्श समितिमा प्रतिनिधि सभा सदस्यहरू अजयकुमार चौरसिया, अनिता देवी, गंगाराम चौधरी, जीवन परियार, तारा लामा तामाङ, नागिना यादव, पदम गिरी, प्रदीप यादव, महेशकुमार बर्तौला, मेटमणि चौधरी, रमेश लेखक छन् ।

यस्तै, रामप्रकाश चौधरी, रामहरि खतिवडा रूपा सोसी चौधरी, लीलानाथ श्रेष्ठ, विद्या भट्टराई, सन्तोष परियार, सरिता प्रसाईं, हीतराज पाण्डे र ज्ञानबहादुर शाहीलाई कार्यव्यवस्था परामर्श समितिमा मनोनयन गरेका थिए ।

आजको प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महान्यायधिवक्ताको वार्षिक प्रतिवेदन पेश गर्ने र सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त सेवा प्रसारण विद्येयक २०७८ माथी विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नेलगायत छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर