सरकार प्रायोजित मिडिया भनेर ट्विटरले भनेकोमा बीबीसी असन्तुष्ट – Nepal Press

सरकार प्रायोजित मिडिया भनेर ट्विटरले भनेकोमा बीबीसी असन्तुष्ट

काठमाडौँ । हालसालै ट्विटरले बिबिसीको मुख्य अकाउन्टमा ‘सरकार प्रायोजित मिडिया’ लेबल राखिदिएपछि बीबीसी असन्तुष्ट भएको छ।

बीबीसीमा प्रकाशित समाचार अनुसार बेलायती विश्व सेवाले बीबीसीलाई कोट गर्दै भनेको छ, ‘बीबीसी सरकार प्रायोजित मिडिया होइन। यो बेलायती नागरिकहरूले तिरेको लाइसेन्स शुल्कको पैसाले चलेको सार्वजनिक मिडिया हो।’

ट्विटर मालिक एलन मस्क्सले बीबीसी थोरै मात्रै पूर्वाग्रह राख्ने मिडिया भएको टिप्पणी गरेका छन् ।

बिबिसीले आफू सार्वजनिक मिडिया भएको र लाइसेन्स शुल्कले चलेको तर्क गरेपछि सामाजिक सञ्जालमा भने आलोचना भएको छ।

बीबीसीको लाइसेन्स शुल्क स्वयंसेवी नभएर जबर्जस्त र बाध्यकारी भएको तर्क गरेका छन् । बेलायती अखबार टेलिग्राफले त गत मार्च १४ (फागुन ३०)मा बीबीसी चल्ने लाइसेन्स शुल्कको नाममा ‘गरिबीको अपराधीकरण’ गरेको भन्दै समाचार प्रकाशन गरेको छ ।

टेलिग्राफका अनुसार लाइसेन्स शुल्क नतिरेको नाममा हरेक हप्ता एक हजारलाई कारबाही भएको उल्लेख गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर