अमेरिकी डलरको कारोबार स्थिर हुँदा युरोको भाउ ओरालो – Nepal Press

अमेरिकी डलरको कारोबार स्थिर हुँदा युरोको भाउ ओरालो

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

सोमबार पनि अमेरिकी डलरको कारोबार स्थिर रहेको छ। सोमबार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ७२ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३२ पैसा कायम गरिएको छ । यसअघि आइतबार पनि उक्त डलरको खरिदबिक्री सोही मूल्यमा भएको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार सोमबार युरोपियन युरोमा ओरालो लागेको छ । युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४३ रुपैयाँ १३ पैसा कायम गरिएको छ। यो मूल्य अघिल्लो कारोबारको तुलनामा १८ पैसाले घटेको हो । आइतबार युरो एकको खरिद मूल्य १४२ रुपैयाँ ६५ पैसा र बिक्री मूल्य १४३ रुपैयाँ ३१ पैसा कायम गरिएको थियो।

सोमबार बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६२ रुपैयाँ २९ पैसा र बिक्रीदर १६३ रुपैयाँ ३ पैसा तोकिएको छ। यो मूल्य आइतबारको तुलनामा एक रुपैयाँ ३३ पैसाले घटेको हो । शुक्रवार यसको खरिद मूल्य १६२ रुपैयाँ ६२ पैसा र बिक्री मूल्य १६३ रुपैयाँ ३६ पैसा कायम गरिएको थियो ।

त्यसैगरी, सोमबार अष्ट्रेलियन डलरको एकको खरिदमा ८७ रुपैयाँ १८ पैसा र बिक्रीमा ८७ रुपैयाँ ५८ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ७७ पैसा र बिक्रीमा ९७ रुपैयाँ २१ पैसा कायम भएको छ भने कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ६९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८५ पैसा कायम गरिएको छ ।

सोमबार साउदी अरेबियन, युएई दिराम र मलेसियन रिंगिट कारोबार स्थिर रहेको छ।जसअनुसार साउदी अरेबियन एकको खरिददर ३४ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३५ रुपैयाँ, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ५९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७६ पैसा र मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ६९ पैसा र बिक्रीदर २९ रुपैयाँ ८३ पैसामा पाइनेछ । यसअघि आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

उता, कुवेती दिनार एकको खरिदमा सोमबार ४२६ रुपैयाँ ९१ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ८७ पैसा पाइन्छ भने आज बहराइन दिनार एकको खरिददर ३४६ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३४८ रुपैयाँ ३२ पैसा तोकिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर