घण्टीको सुनाैलाे प्रयोगमा थपिए स्वर्णिम – Nepal Press

घण्टीको सुनाैलाे प्रयोगमा थपिए स्वर्णिम

अद्यावधिक निर्वाचन सम्पन्न भएको पाँच महिना बित्न लाग्यो । निर्वाचनमा ३२ सीट ल्याएको नेकपा माओवादी केन्द्रले सरकार निर्माणको परियोजना हात पार्‍यो । सरकार बनाउनु त देब्रे हातको खेल भएछ, दाहालको लागि । हुन पनि जनयुद्धका उपलब्धिहरु असंरक्षित हुँदै सखापको संघारमा पुग्न लागेको बेला अलायन्सको सोपान चढेर भए पनि केबल गणितीय प्रधानमन्त्री भइहाल्न चाहिने अनुकूलता प्राप्त हुन्छ नै । र, यो अवस्था भनेको राजनीतिक महत्वाकांक्षीहरुको अनुकूलताको समय हुन्छ । दाहालले नेकपा एमालेको समर्थनवापत सभामुख दिएर समर्थन बटुल्नुभयो ।

प्रधानमन्त्री बन्न व्यग्र दाहाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एकल अध्यक्ष रवि लामिछानेलाई देशको उपप्रधानमन्त्री र गृहमन्त्री बनाउनुभयो । लामिछाने अमेरिकी नागरिक रहेको बहस चलेकोबीच दाहाल केही समय पर्खन चाहनुभएन । देश पुराना दलका उही सीमित नेताहरुको चंगुलमा रहुञ्जेल देशमा कर्मकाण्डी राजनीतिले निरन्तरता पाइरहने हो । परिवर्तन रुचाउने नेपाली मतदाताले आफ्नो फ्रस्टेसन पोख्न रास्वपा जस्ता दललाई केही समय आफ्नो रोजाइ बनाउने नै भए । देशमा उपनिर्वाचन हुन गइरहेको छ । तीन सीटमा निर्वाचन भए तापनि यसले ठूला भनाउँदा नेताहरुको ध्यान केन्द्रित गरेको छ । त्यसमा पनि डा. स्वर्णिम वाग्ले कांग्रेस परित्याग गरी रास्वपामा प्रवेश गरेको विषयको राम्रै चर्चा छ ।

देशको निर्वाचन आयोगमा दर्ता भएका हरेक राजनीतिक दल वैधानिक हुन्छ । हरेक दलको आफ्नै विधान हुन्छ । सैद्धान्तिक आधारहरु हुन्छन् । वाग्लेले कांग्रेस परित्याग गर्नु उहाँको व्यक्तिगत अधिकारभित्रको विषय हो । तर, दलत्यागको घोषणा गर्ने क्रममा उहाँले दिनुभएका अभिव्यक्तिका अंश टिप्पणीयोग्य देखिन्छ नै । रास्वपा फेरि लोकप्रियतावादलाई आफ्नो चुनावी पूँजीको रुपमा लिने पार्टी हो । नेपालका पुराना दलहरुमा खेमा हावी रहेको जति प्रस्ट अनुभूति हुन्छ, त्योभन्दा अधिक रास्वपा ‘रवि दाइ’को पार्टी हो भन्ने देखिन्छ ।

अर्थशास्त्रीको रुपमा डा. वाग्लेलाई पढ्दा, सुन्दा र बुझ्दा उहाँ अब्बल दर्जामा पर्नुहुन्छ । कुनै पनि विषयवस्तुउपर उहाँले गर्ने प्रस्तुतीकरण अति सरल र ग्रहणयोग्य हुन्छ । तर, के गर्ने नेपालमा हुने संवैधानिकदेखि मुख्य हरेक राजनीतिक नियुक्तिसम्ममा ‘मेरिटोक्रेसी’ भन्दा दलका नेताहरुको निगाह आवश्यक हुन्छ ।

केही दिन पहिला आफ्नो फेसबुकमा नेपाली कांग्रेसबाट अलग भएको घोषणा गरेर अलि पृथक चर्चामा आएका नयाँ पात्र हुन डा.वाग्ले । उनको घोषणाका दुई तथ्यमा रोचकता छ । पहिलो तथ्य, २०४२ सालदेखिको आबद्धता र ५० वर्षदेखिको पारिवारिक विरासत गाँसिएको नेपाली कांग्रेस पार्टीबाट अलग हुने निर्णय । नेपाली कांग्रेसमा यो ‘पुर्खे कांग्रेसी’को विशेषण आफैंमा एउटा यथास्थिति मानसिकताको उपज हो । यसमा भावनाको मात्रा अधिक हुन्छ । डा. वाग्ले जस्तो ‘क्रिटिकल इकोनोमिस्ट’मा पुर्खे कांग्रेसीको भावना अथाह नै थियो ! वाग्ले एक परिचित अर्थशास्त्री हुन् । देश विदेशमा काम गरिसकेको अनुभवको जगमा नै होला उहाँले राष्ट्रिय योजना आयोगको सदस्य हुँदै उपाध्यक्ष जस्तो नीति निर्माणको तहमा काम गर्ने जिम्मेवारी पाउनुभयो ।

अर्थशास्त्रीको रुपमा डा. वाग्लेलाई पढ्दा, सुन्दा र बुझ्दा उहाँ अब्बल दर्जामा पर्नुहुन्छ । कुनै पनि विषयवस्तुउपर उहाँले गर्ने प्रस्तुतीकरण अति सरल र ग्रहणयोग्य हुन्छ । तर, के गर्ने नेपालमा हुने संवैधानिकदेखि मुख्य हरेक राजनीतिक नियुक्तिसम्ममा ‘मेरिटोक्रेसी’ भन्दा दलका नेताहरुको निगाह आवश्यक हुन्छ । सरल रुपमा बुझ्दा नेपाली कांग्रेसको चाहनाको पात्र भएको कारण डा.वाग्लेले योजना आयोगमा भूमिका पाउनुभयो ।

दोस्रो तथ्य, पछिल्ला वर्षहरुमा कांग्रेस पार्टीभित्रका गतिविधिहरुले स्वाभीमानी कांग्रेसजनको शीर निहुरिने अवस्था आएको देख्नुभयो, वाग्लेले । ‘कांग्रेस अहिले दाइ, भाउजू, साला, भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा छ’- डा. वाग्लेले राजनीतिक नियुक्ति पाइराख्ने बेलासम्म उहाँको नैतिकताले पार्टीमा रहिरहन कसरी प्रेरित गरेको होला ? दुनियाँ घुमेर वैश्विक व्यक्तित्व निर्माण गर्नुभएका वाग्लेलाई नेपाली कांग्रेसभित्रको दाइ, भाउजू, साला, भतिजाको पहिचान गर्न यत्रो समय कसरी लाग्यो ? सम्भवतः रास्वपाको लयमा लय मिलाउन पार्टी परित्याग गर्ने बेला अलि ओछ शब्द प्रयोग गर्नुभएको होला । किनभन्ने रास्वपाका रवि दाइ पनि मिडिया जगतबाट उदाउनुभयो । राजनीतिक दल हाँक्ने क्रममा एउटा खास तप्कालाई रमाइलोको लागि मिडियालाई तथानाम वाचन गर्नुभयो, आक्रोशित अनुहारसहित ।

डा. वाग्लेले राजनीतिक नियुक्ति पाइराख्ने बेलासम्म उहाँको नैतिकताले पार्टीमा रहिरहन कसरी प्रेरित गरेको होला ? दुनियाँ घुमेर वैश्विक व्यक्तित्व निर्माण गर्नुभएका वाग्लेलाई नेपाली कांग्रेसभित्रको दाइ, भाउजू, साला, भतिजाको पहिचान गर्न यत्रो समय कसरी लाग्यो ?

पुष्पकमल दाहालको लाचारीपनको फाइदा उठाउँदै उहाँ उपप्रधानसहित गृहमन्त्री बन्नुभो । अमेरिकी नागरिकको हैसियतले संसद र सिंहदरवार पुग्ने ‘रवि दाइ’ लाई पूर्वगृहमन्त्री भनी सम्बोधन गर्ने समाज छ हाम्रो । पिर्के सलामी नलिने मन्त्री वा नेताको वाहवाही गर्ने भीडको मत माग्ने क्रममा लामिछाने क्रोधित भएर भन्दै हिँड्नुभएछ कि- ‘मैले (लामिछाने) भ्रष्ट नेताहरुको सूची बनाएको छु । त्यस्तालाई जेलमा हाल्छु ।’ योभनेर लोकप्रिय भाषणको गणगन छ । जबकि उहाँ कीर्ते गृहमन्त्री भएको बेला हत्या आरोपमा रहेका एकजना सांसदले संसदमै छकाएका थिए ।

एउटा यस्तै पात्र हुन् मनिष झा । रास्वपाभन्दा पहिला उहाँको आबद्धता पनि नेपाली कांग्रेसमै थियो । सम्भवतः कांग्रेसभित्रका युवा नेताहरुसँग राम्रै उठबस थियो । घोषणापत्र मस्यौदा समितिमा काम गर्ने मौकासमेत पाएका थिए । घोषणापत्रमा समृद्धिका खाकाहरु कोर्दैगर्दा पार्टीको मार्गनिर्देशक सिद्धान्तलाई आत्मसात गर्दै कांग्रेस कसरी एक नम्बर पार्टी बनोस् र यी योजनाहरु लागू होस् भनी सोच्नुभएको होला । स्थानीय निर्वाचनमा त काठमाडौंको मेयर पदको लागि सृजना सिंहको चुनावी सभामा भावनात्मक शैलीमा नेपाली कांग्रेस जिताउन ऊर्जा खर्चे । मंसिरको निर्वाचन आउँदा मनिष झा रास्वपा प्रवेश गर्दै मधेसी कोटाबाट सांसद बन्नुभयो ।

पुष्पकमल दाहालको लाचारीपनको फाइदा उठाउँदै उहाँ उपप्रधानसहित गृहमन्त्री बन्नुभो । अमेरिकी नागरिकको हैसियतले संसद र सिंहदरवार पुग्ने ‘रवि दाइ’लाई पूर्वगृहमन्त्री भनी सम्बोधन गर्ने समाज छ हाम्रो ।

लवेदा सुरुवाल र ढाकाटोपी भिर्ने मधेसी अनुहारलाई काठमाडौंका खास अभिजात समूहले ‘बोनाफाइड नेपाली’को संज्ञा दिन कञ्जुस्याइँ गर्दैन । झालाई सामान्य जिज्ञासाः फ्याक्टस् नेपाल चलाउने अध्ययनशील पात्रलाई नेपाली कांग्रेसमा आबद्ध हुन खास के कुराले प्रेरित गरेको थियो ? पुस्ताको हिसाबले गत स्थानीय निर्वाचनमा बालेन्द्र शाहले तपाईंको प्रतिनिधित्वलाई झल्काएन र ? नेपाली कांग्रेस युवा पुस्ता बस्ने लायक पार्टी भएन भनी त्यति बेला भान किन भएन ? तथ्य तथ्यांक केलाएर बजार बुझ्ने मनिष झाले कांग्रेसमा आबद्ध हुनुभन्दा पहिला कुनै रिसर्च गर्नुभएन, किन ? वा रास्वपा छिर्दा सीधै माननीय बन्न पाइन्छ भन्ने महत्वाकांक्षाले प्रेरित गरेको हो ?

केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाललाई तल्लोस्तरको टिप्पणी गरेर भीडको नेतृत्व गर्न खोज्नु एक किसिमको लोकप्रियतावाद नै त हो । फेरि उही नेताहरुको नेतृत्वलाई शीरोधार्य गरी सरकारमा जानैपर्ने के बाध्यता ? कांग्रेस, एमाले र माओवादीभन्दा पृथक र अपरिभाषित राजनीतिक दस्तावेजका ठेली बोक्ने रवि दाइको पार्टीलाई सिद्धान्त र वाद पटक्कै मनपर्दैन । मिडियाले प्रश्न गर्दा झन्नक रिस उठ्ने बानी छ । भूराजनीतिको भूमरीमा भासिन लागेको देशमा भीड तताएर राजनीति गर्ने परिपाटी झन खतरनाक सिद्ध हुने निश्चितप्रायः छ । नेपालको लागि अमेरिकी अनुदान मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को चर्को विरोध गर्ने पत्रकार रवि लामिछानेलाई एमसीसीविज्ञ डा.वाग्ले पपुलिस्ट भएर देशमा आर्थिक क्रान्ति ल्याउने सम्भावना बढ्ने हो या एमसीसी जस्ता परियोजनाहरुबारे भीडले गर्ने विरोधमा बिर्को लगाउन सफल हुने हो, त्यो भविष्यले नै देखाउनेछ ।

(लेखक शान्ति विकास अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक हुन् ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *