कर्णाली सरकार छाड्दै एमालेका तीन मन्त्रीले के भने ? – Nepal Press

कर्णाली सरकार छाड्दै एमालेका तीन मन्त्रीले के भने ?

सुर्खेत । कर्णाली प्रदेश सरकारबाट नेकपा एमाले सत्ताबाट बाहिरिएको छ । आइतबार मुख्यमन्त्री राजकुमार शर्मालाई संयुक्त रुपमा आर्थिक मामिला मन्त्रीमा विनोदकुमार शाह, सामाजिक विकासमन्त्री टेकराज पछाईँ र उद्योग वातावरण तथा पर्यटन मन्त्रीमा जीतबहादुर मल्लले राजीनामा दिए ।

उनीहरुले आजै मन्त्रालय पनि छोडेका छन् । मन्त्रालयबाट विदाई हुँदै गर्दा आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाहले सरकारमा रहँदा कुनै उपलब्धि नहुने हुँदा सरकारमा बस्नु कुनै औचित्य नरहेको बताए ।

शाहले भने, ‘त्यसैले गर्दा सरकारबाट बाहिरीने निर्णय गरको । अर्थ मन्त्रालयमा दरबन्दी अनुसार कर्मचारीको पदपूर्ति नरहेपनि कर्मचारी चुस्त, दुरुस्त हिसाबले काम गरेको हुँनाले हृदय देखि नै धन्यवाद दिन्छु ।’

त्यस्तै, सामाजिक विकासमन्त्री टेकराज पछाईले राष्ट्रिय राजनीतिकमा परेको प्रभावका कारण सरकारबाट बाहिरिएको बताए ।

आजका दिनसम्म उल्लेखनीय काम गरेको उनले भने, ‘यस्तै, त्यसभित्रका सिस्टमलाई व्यवस्थीत गर्ने र त्यसमा भएको ऐन, कार्यविधि निमार्ण भएको छन् । कर्णाली प्रदेशको प्रयोगशाला निमार्णको निर्णय र कार्यान्वन भयो, प्रयोगशालालाई व्यवस्थीत गर्नेमा कार्यान्यवन गरिएको, मन्त्रालयका विधि, नितिहरु, कार्यबिधि र निर्देशिका अगाडि बढाएको र खेलकुद सम्बन्धिका कार्यक्रमहरु अगाडि बढाइएको, प्रदेश सभामा पहिलो पटक खेलकुदको विधेक टेबुल भयो यस्ता थुप्पै उल्लेखनिय काम भएको छन् ।’

साथै, उद्योग वातावरण तथा पर्यटन मन्त्री जीतबहादुर मल्लले समय छोटो र लामो समय मात्रै भएको र असल कर्म र निश्वार्थ भावले काम गर्नु पर्ने जिम्मेवारी सबैको रहेको बताए । ‘सार्वजनिक पद धारण गर्दाको बाचा कसम खाएको हुँदा त्यहीअनुसार अगाडि बढ्नु पर्नेछ’, उनले भने ।

यस्तै, मन्त्री विनोदकुमार शाह गत ०७९ पुस २८ गते विना विभागीय र माघ ११ गते आर्थिक मामिला तथा योजनामा नियुक्त भएका थिए भने सामाजिक विकास मन्त्री टेकराज पछाई र उद्योग वातावरण तथा पर्यटन मन्त्री जीतबहादुर मल्ल माघ ११ नियुक्त भएका थिए । शाहले ३ महिना मन्त्रालय समाले भने, ‘पछाई र मल्ले ७५ दिन मन्त्रालयमा रहेर कामकाज गरेका थिए ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर