नेकपा एसका सचिव आफ्नै भ्रातृ संगठनका अध्यक्षबाट कुटिए – Nepal Press

नेकपा एसका सचिव आफ्नै भ्रातृ संगठनका अध्यक्षबाट कुटिए

दाङ । नेकपा एकीकृत समाजवादी दाङका सचिव डिल्ली डाँगी आफ्नै भ्रातृ संगठनको जिल्ला अध्यक्षबाट कुटिएका छन् ।

उनलाई युवा संघ एसका दाङ अध्यक्ष जविन रानाले शनिबार बेलुकी तुलसीपुर बजारमै कुटेका हुन् ।

मापसे गरेर आएका रानाले आफूमाथि कुटपिट गरेको डाँगीले बताए । ‘म डेरीमा कफी पिएर गाडीमा बसेको थिएँ’, सचिव डाँगीले भने, ‘जविन एक्कासि आएर ममाथि कुटपिट गर्‍यो ।’

रानाको कुटाइबाट डाँगीको आँखामा चोट लागेको छ । उनले रानामाथि कारबाहीको माग गर्दै जिप्रकामा उजुरी दिएका छन् ।

डाँगीको उजुरीका आधारमा रानालाई पक्राउ गरिएको दाङ प्रहरी प्रमुख एसपी वीरबहादुर वली जानकारी दिए ।

प्रहरी स्रोतका अनुसार रानाविरूद्वको उजुरी दर्ता नगर्न नेकपा एसका नेताले दबाब दिएका छन् । कुटिएका डाँगी भने रानालाई कानूनी कारबाही हुनुपर्ने अडानमा छन् ।

राना नेकपा एसका दाङ इन्चार्ज जोगबहादुर रानाका छोरा हुन् । डाँगी र रानाबीच लामो समयदेखि पार्टीमा अन्तरद्वन्द चल्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *