महिलाको नाममा नक्कली फेसबुक आईडी बनाएर ६० लाख ठग्ने युवक पक्राउ – Nepal Press

महिलाको नाममा नक्कली फेसबुक आईडी बनाएर ६० लाख ठग्ने युवक पक्राउ

पोखरा । फेसबुकमा महिलाको नामको आइडी बनाई ठगी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । प्रहरीको साइबर ब्यूरोले फेसबुकमार्फत साथी बनाई डिजिटल ठगी गरेको आरोपमा पर्वतको मोदी गाउँपालिका २ बस्ने २६ वर्षीय विश्व शर्मालाई पक्राउ गरेको हो ।

पीडितलाई विभिन्न बहाना बनाइ बैंक तथा डिजिटल वालेटबाट ६० लाख रुपैयाँ ठगी गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

सामाजिक सञ्जालको दुरूपयोग गरी भएको ठगी अन्तर्गतको कसूरमा उनलाई काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर