बागमती सरकारमा कांग्रेसका बहादुर र तीर्थ मन्त्री बन्दै, आजै सपथ – Nepal Press

बागमती सरकारमा कांग्रेसका बहादुर र तीर्थ मन्त्री बन्दै, आजै सपथ

हेटौँडा । बागमती प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागि हुने भएको छ । कांग्रेसको तर्फबाट संसदीय दलका नेता बहादुरसिंह लामा तथा काभ्रेबाट विजयी तीर्थ लामा सहभागी हुने भएका हुन् ।

लामाले आर्थिक मामिला तथा योजना मन्त्रालय तथा तीर्थले खानेपानी, सिंचाई तथा उर्जा मन्त्रालयको जिम्मा पाउने भएका छन् । कांग्रेसबाट अन्य मन्त्रीहरुको सपथ भने केहिदिनपछि हुने भएको छ ।

लामो समयदेखि सरकार विस्तारको प्रयासमा रहेका बागमतीका मुख्यमन्त्री जम्कट्टेलाई सरकारमा सहभागि हुने दलहरुको आन्तरिक समस्याको कारण मन्त्रीमण्डल विस्तारमा समस्या पर्दै आएको थियो ।

मन्त्रीहरुको आजै साँझ साढे ६ बजे सपथग्रहण हुने कांग्रेस संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले बताए । सपथग्रहणको तयारी सुरु भैसकेको बागमती प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर