कर्णाली सरकारबाट बाहिरियो एमाले, तीन मन्त्रीले दिए राजीनामा (भिडिओ) – Nepal Press

कर्णाली सरकारबाट बाहिरियो एमाले, तीन मन्त्रीले दिए राजीनामा (भिडिओ)

सुर्खेत । कर्णाली प्रदेश सरकार नेकपा एमाले बाहिरिएको छ । मुख्यमन्त्री राजकुमार शर्मालाई राजीनामा बुझाएको सामाजिक विकासमन्त्री टेकराज पछाईँले नेपाल प्रेसलाई बताए ।

कर्णालीमा एमालेका तीन मन्त्री छन् ।

कर्णाली सरकारमा सामाजिक विकासमन्त्री पछाईँ, उद्योग वातावरण तथा पर्यटनमन्त्रीमा जीतबहादुर मल्ल र आर्थिक मामिला मन्त्रीमा विनोदकुमार शाह छन् ।

यहाँ एमाले-माओवादीबीच आलोपालोमा मुख्यमन्त्री चलाउने गरी सुरूमा राजकुमार शर्मा मुख्यमन्त्री बनेका थिए ।

केन्द्रमा गठबन्धन फेरिएसँगै कर्णालीमा एमाले सरकारबाट बाहिरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर