ओलीको आरोप- बाह्य शक्तिले जोडजाम गरेर बनाएको सरकारले अर्थतन्त्र ध्वस्त बनायो – Nepal Press

ओलीको आरोप- बाह्य शक्तिले जोडजाम गरेर बनाएको सरकारले अर्थतन्त्र ध्वस्त बनायो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको सरकार नबनेसम्म देश नबन्ने दाबी गरेका छन् ।

धादिङको रुवी भ्यालीमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै एमालेको सरकार बाह्य शक्तिले जोडजाम नगरेर नभएर जनताले नै बनाउने बताए ।

उनले भने, ‘बहुमत नहुनु बेग्लै कुरा हो । तर, अहिले पनि संसद र सबै प्रदेशमा बलियो पार्टी एमाले नै हो । त्यसैले अर्को निर्वाचनमा हामी सबै मिल्दा पनि एक्लै बहुमत आउने गरी काम गर्नुपर्छ । त्यसैले मिसन ग्रासरुट अभियान चलाएका छौं ।’

अहिलेको सरकारले अर्थतन्त्र ध्वस्त बनाएकाले धेरै विकासको बजेट आउने अपेक्षा गर्न नसकिने बताए । एमाले सिध्याउने षड्यन्त्रका साथ घेराबन्दी हुँदा समेत पहिलो पार्टी बनेको जिकिर गरे ।


प्रतिक्रिया

One thought on “ओलीको आरोप- बाह्य शक्तिले जोडजाम गरेर बनाएको सरकारले अर्थतन्त्र ध्वस्त बनायो

  1. दिल्लीका दलालहरूलाई अर्थतन्त्र ध्वस्त भएकोमा के को चिन्ता ? मालिकको सेवा गर्छन बस्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर