पुन: नामकरणको माग राख्दै कोशीका सभामुखलाई बुझाइयो ज्ञापन पत्र – Nepal Press

पुन: नामकरणको माग राख्दै कोशीका सभामुखलाई बुझाइयो ज्ञापन पत्र

विराटनगर । कोशी प्रदेश नामकरणको विरोधमा आन्दोलनरत् पक्षले कोशी प्रदेशका सभामुख बाबुराम गौतमलाई पुन: नामकरणको मागसहित पत्र बुझाएका छन् ।

५ वटा जातीय संस्थाहरूसहित आन्दोलन गरिरहेका विभिन्न संगठनहरूले चाँडै प्रदेशको पुन: नामकरण माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।

कोशी नामकरणविरुद्ध आन्दोलन गर्दै संस्थाहरू किराँत राई यायोख्खा, किराँत याक्थुङ चुम्लुङ, आदिवासी जनजाती महासङ, नेपाल शेर्पा संघ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलगायतले संयुतरूपमा पत्र बुझाएका हुन ।

पहिचानसहितको पुन: नामकरण संघर्ष समितिका अध्यक्ष डकेन्द्रसिङ थेगिम्‌ नेतृत्वको टोली प्रदेशसभा पुगेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर