ढाकामाथिको आरोप पुष्टि भए सांसद पद जाने, मेघबहादुरको चम्किन सक्छ भाग्य – Nepal Press

ढाकामाथिको आरोप पुष्टि भए सांसद पद जाने, मेघबहादुरको चम्किन सक्छ भाग्य

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड मागेको अडिओ सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठ कारबाही गरेको छ । रास्वपाले उनलाई तत्काल निलम्बन गर्ने प्रवक्ता डा. मुकुल ढकालले बताए ।

सांसद श्रेष्ठको आरोप प्रमाणित भए उनी सधैंका लागि निलम्बन हुनेछन् । तर, उनले अडिओ इडिट गरेको बताउँदै आफूले छानबिनमा सघाउने पार्टीमा जानकारी गराइसकेका छन् ।

यद्यपी, उनीमाथिको आरोप प्रमाणित भए पार्टीले निलम्बित गरेको पत्र संसद सचिवालयमा पठाउँछ । संसद् सचिवालयमा आएको पत्र सभामुखले प्रतिनिधि सभाको बैठकमा पढेर सुनाएपछि उक्त पद रिक्त हुन्छ ।

सभामुखले रिक्त रहेको जानकारी गराइसकेपछि मात्रै आयोगले प्रक्रिया थाल्नेछ । श्रेष्ठ समानुपातिक कोटाबाट सांसद भएका हुन् । उनी आदिवासी जनजाति कोटाबाट सांसद बनेका थिए ।

उनीलाई कारबाही गरेको पत्र प्राप्त भएपछि मात्रै आदिवासी जनजाति क्लस्टरबाट दोस्रो सूचीमा रहेका मेघबहादुर आले सांसद बन्नेछन् ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले अहिलेसम्म कुनै दलले सांसदलाई कारवाही गरेको पत्र आफूलाई नआएको बताए ।

उनले भने, ‘हामीले पनि मिडिया हेरेर रास्वपाको सांसदबारे थाहा पाएको हौं । त्यतिको आधारमा हामी प्रक्रिया थाल्दैनौँ ।’
उनले कुनै सांसदमाथि आरोप लागेपछि पार्टीले छानविन गर्ने र पुष्टि भएमात्रै केन्द्रीय समितिले निर्णय गरेर कारवाहीको पत्र संसद सचिवालयलाई पठाउने बताए ।

उनले थपे, ‘प्रतिनिधि सभाको बैठकमा सभामुखले पढेर पद रिक्त रहेको पत्र हामीकहाँ आएपछि हामीले समानुपातिक निर्वाचन प्रणालीमार्फत् प्रक्रिया अगाडि थाल्छौं ।’


प्रतिक्रिया

One thought on “ढाकामाथिको आरोप पुष्टि भए सांसद पद जाने, मेघबहादुरको चम्किन सक्छ भाग्य

  1. अारोप पुष्टि भयोभने कारबाहि हुनै पर्छ अाफ्नो पाटिको भनेर ढाकछोप गर्न हुदैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर