प्यूठानमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते – Nepal Press

प्यूठानमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

रूपन्देही । प्यूठानमा आइतबार दिउँसो भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

साढे १२ बजे सरुमारानी गाउँपालिका वडा नं-६ मोतिपुरमा लु ३ च ३८५५ नम्बर को तर्कारी बोक्ने जिप दुर्घटना हुँदा लमही न. पा. ८ सत्बरियाका सत्यनारायण चौधरीको घटनास्थलमा मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते प्युठान न. पा. १ खैरा बस्ने बर्ष १४ को प्रबिन जि.सी. र चालक लमही न. पा.१ सत्वरिया बस्ने बर्ष २५ को प्रकाश चौधरीलाई उपचारको लागि प्युठान अस्पतालमा लगिएकोमा थप उपचारको लागि बुटवल रिफर गरिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर