आयकरको दोस्रो किस्ता चैत मसान्तभित्रै बुझाउन विभागको आग्रह – Nepal Press

आयकरको दोस्रो किस्ता चैत मसान्तभित्रै बुझाउन विभागको आग्रह

काठमाडौं । आन्तरिक राजस्व विभागले आयकरको दोस्रो किस्तावापतको रकम चैत मसान्तभित्र बुझाउन आग्रह गरेको छ । चैत मसान्त नजिकिँदै गर्दा दोस्रो किस्ताको लागि विभागले ताकेता गरेको हो ।

आयकर ऐन २०५८ अनुसार आयकरको किस्ता रकम दाखिला गर्नुपर्ने करदाताले करको विवरण र रकमको दोस्रो किस्ता चैत मसान्तभित्रै बुझाउनुपर्छ ।

आर्थिक वर्ष २०७९/८० मा बुझाउनुपर्ने कुल ७० प्रतिशत आयकर यही चैतभित्र बुझाइसक्नुपर्ने प्रावधान छ । विभागले सोहीअनुसार कर बुझाउन भनेको हो ।

आयकर तीन किस्तामा उठाउँदै आएको सरकारले चैत मसान्तसम्म थप ३० प्रतिशत उठाउँछ । सबैभन्दा धेरै किस्ता पुस मसान्तमा ४० प्रतिशत उठाउँछ । बाँकी रहेको ३० प्रतिशत भने असार मसान्तभित्र बुझाइसक्नु पर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर