धौलागिरी बेस क्याम्पमा अवतरणको क्रममा हेलिकप्टर दुर्घटना – Nepal Press

धौलागिरी बेस क्याम्पमा अवतरणको क्रममा हेलिकप्टर दुर्घटना

पोखरा । म्याग्दीको धौलागिरी बेस क्याम्पमा हेलिकप्टर दुर्घटना भएको छ । अवतरण गर्ने क्रममा एभरेष्ट हेलिकप्टर दुर्घटना भएको हो । सामान लिएर कार्गो हेली इटालियन बेसक्याम्पबाट धौलागिरी बेसक्याम्पका लागि उडेको थियो ।

बेस क्याम्पमा ल्याण्ड गर्ने क्रममा हेलिकप्टर दुर्घटनामा परेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रमुख विक्रम गौतमले नेपाल प्रेसलाई बताए ।

‘हेलिकप्टर दुर्घटना भएको छ । तर, पूर्ण विवरण आइसकेको छैन,’ गौतमले भने ।

उक्त हेलिकप्टर आइतबार बिहानदेखि सम्पर्कविहीन बनेको थियो ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले हेलिकप्टर फोर्स ल्याण्डिङ गरेको बताए । पाइलट प्रिया अधिकारी र अन्य एक जनाको अवस्था सामान्य रहेको प्रजिअ पौडेलले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर