साधारण खर्चमा मितव्ययिता अपनाउँदै पूँजीगत खर्च बढाउने गरी आगामी बजेट निर्माण हुन्छ : अर्थमन्त्री – Nepal Press

साधारण खर्चमा मितव्ययिता अपनाउँदै पूँजीगत खर्च बढाउने गरी आगामी बजेट निर्माण हुन्छ : अर्थमन्त्री

काठमाडौं । सरकारले साधारण खर्चमा मितव्ययिता अपनाउँदै पुँजीगत खर्च बढाउने गरी आगामी वर्षको बजेट निर्माण गर्ने भएको छ । शुक्रवार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले अर्थ मन्त्रालयमा अर्थमन्त्रीसँग गरेको छलफल कार्यक्रममा अर्थमन्त्री डा. प्रकाश शरण महतले यस्तो जानकारी दिएका हुन् ।

उनले सरकारले आगामी बजेट बनाउँदा साधारण खर्चमा मितव्ययिता अपनाउँदै पुँजीगत खर्च बढाउने विषयमा प्राथमिकता दिने बताए । उनले सरकारले साधारण खर्च घटाउने सम्भावना कम भए पनि खर्च नगरे पनि हुने खालका कार्यक्रमको खर्चलाई कटौती गर्ने उल्लेख गरे ।

अर्थमन्त्री डा. महतले आगामी बजेट निर्माण गर्दा मन्त्रालयगत धेरै आयोजनाहरूको माग आए पनि प्राथमिकताको आधारमा बजेटमा समेट्ने बताए ।

उनले सरकारको पुँजीगत खर्चमा समस्या देखिएको भन्दै पुँजीगत खर्च समयमा खर्च गर्ने प्रणालीको विकास गर्नु आवश्यक रहेको बताए ।

‘सरकारले साधारण खर्चमा अत्यधिक मितव्ययिता अपनाउनुपर्छ भन्ने पक्षमा छौँ । धेरै मागहरू आए पनि धेरै कम गर्न कोसिस गर्छौँ । साधारण खर्च कम गर्ने स्कोप अत्यन्त कम छ । सामाजिक सुरक्षा भत्ता लगायतको खर्च कम गर्न सम्भव कम छ । सरकारले खर्च नगरे पनि फरक नपर्ने क्षेत्रहरूमा मन्त्रालयले प्राथमिकताका साथ हेर्छौँ । अहिले सरकारको पुँजीगत खर्चमा समस्या देखिएको छ ।’

उनले भने, ‘पूर्वाधार निर्माणका कार्य समयमा सम्पन्न नहुने, आयोजनाको कष्ट बढ्दै जाने र आयोजना महँगो हुन जाने परिस्थितिको अत्यन्य गर्ने गरी सरकारले तयारी थालेको छ ।’

सरकारको ध्यान पुँजीगत खर्च निश्चित समयमा खर्च गर्ने, समिति स्रोतलाई धेरै आयोजनामा खर्च नगर्ने रणनीति रहेको बताउनु भयो । उनले बैंकको कर्जाको ब्याजदर कम गर्न सक्ने अवस्था भए बैंकहरुले सहयोग गर्नु आवश्यक रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर