रुबी भ्यालीमा ओली दम्पत्ती, पानदिसेबाट ठाउँ चिनाउँदै राधिका शाक्य – Nepal Press

रुबी भ्यालीमा ओली दम्पत्ती, पानदिसेबाट ठाउँ चिनाउँदै राधिका शाक्य

धादिङ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली धादिङको पर्यटकीय सुन्दर गाउँ रुबीभ्याली पुगेका छन् ।

सधैँ पत्नी राधिकालाई ठाउँ चिनाउने गरेका ओली रुबीभ्यालीमा भने राधिकाले देखाएको डाँडातर्फ हेरेको फोटो उनको सचिवालयले सार्वजनिक गरेको छ । उक्त तस्बिर रुबीभ्यालीको पानदिसे भन्ने स्थानको हो ।

एमाले सांसद तथा उद्योग व्यवसायी महासंघका अध्यक्ष एलपी साँवा र महासंघका सदस्य तथा व्यवसायी रघु पुरीलगायतले निर्माण गरेको गोरक्ष हाइड्रो पावरको उद्घाटन गर्न ओली रुबीभ्याली गएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर