पद्मोदयको विव्यस चुनावमा सत्तारुढ गठबन्धनलाई हराउँदै एमालेको प्यानल विजयी – Nepal Press

पद्मोदयको विव्यस चुनावमा सत्तारुढ गठबन्धनलाई हराउँदै एमालेको प्यानल विजयी

घोराही। दाङको पुरानो पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको सदस्यमा नेकपा एमालेको प्यानल नै विजयी भएको छ ।

शनिवार सम्पन्न निर्वाचनमा सुशीला वली, बुद्धिराम पुन मगर, पवित्रा चौधरी र घनश्याम चौधरी विजयी भएका छन् । एमालेको एक्लै चुनाव लड्दा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, विप्लव माओवादी, एकीकृत समाजवादी, राजमो, जसपालगायत गठबन्धन रहेको थियो ।

निर्वाचन मण्डलका अनुसार सुशीला वलीले ३ सय ६८, बुद्धिराम पुन मगरले ३ सय ६०, पवित्रा चौधरीले ३ सय ५९ र घनश्याम चौधरीले ३ सय ६३ मत प्राप्त गरेका छन् ।

घोराही १५ स्थित विद्यालयमा कुल ३ हजार ७ सय ८७ मतदाता रहेकोमा ६ सय ६८ मत खसेको थियो ।

गठबन्धन प्यानलबाट प्रतिस्पर्धा गरेका धना जिसीले २ सय ८६, डिकम विएम २ सय ८१ सुशीला खनालले २ सय ७७ र उमा देवी गिरी डाँगीले २ सय ७९ मत प्राप्त गर्दै पराजित भएका छन् ।

अध्यक्षमा विकास चौधरीको चर्चा भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर