सन्दीपविरुद्धको मुद्दा न्यायाधीश बरालको इजलासमा, तेस्रो नम्बरमै पालो – Nepal Press

सन्दीपविरुद्धको मुद्दा न्यायाधीश बरालको इजलासमा, तेस्रो नम्बरमै पालो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज जिल्ला अदालत काठमाडौंमा सुनवाइ हुने भएको छ । आज तोकिएको पेसी जिल्ला अदालतका न्यायाधीश शंकरराज बरालको इजलासमा परेको छ ।

यसअघि दुईपटक तोकिएको पेशी लगातार स्थगित भएका थिए । गत बिहीबार तोकिएको पेशीलाई सुनवाइ गर्न समयअभावका कारण नभ्याइनेमा राखिएको थियो ।

आजको पेशीमा भने सुनवाइ हुने लगभग निश्चित छ । जिल्ला अदालतको २ नम्बर इजलासमा परेको पेशी ३ नम्बरमै पालो परेको छ । आजै फैसला भने नआउन सक्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *