भारतीय कानून मन्त्री रिजुजुको कार ट्रकमा ठोक्कियो – Nepal Press

भारतीय कानून मन्त्री रिजुजुको कार ट्रकमा ठोक्कियो

नयाँ दिल्ली । केन्द्रीय कानून मन्त्री किरेन रिजिजुको कार ट्रकमा ठोक्किएको छ । जम्मू कश्मीरको एक कार्यक्रममा सहभागी हुन निस्केका कानुन मन्त्री रिजिजुको कार ट्रकमा ठोक्किएको हो ।

सो घटनामा कानुन मन्त्री रिजिजु र उक्त कारमा सवार अन्य मानिसहरू पूर्ण रूपमा सकुशल छन् । प्राप्त जानकारी अनुसार यो घटना जम्मू कश्मीरको रामबन जिल्लामा शनिवार भएको हो ।

यो घटनासँग सम्बन्धित एउटा भिडियो पनि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यो भिडियोमा किरण रिजिजु बसेको कारलाई ट्रकले ठक्कर दिएको देखिन्छ ।

ठोक्किएपछि किरेन रिजिजुको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी सो कारतर्फ दौडिरहेको देखिन्छ । सुरक्षाकर्मी कारको नजिक पुग्ने बित्तिकै किरेन रिजिजु आफ्नो कारबाट निस्केर उठ्छन्।

यो भिडियोमा रिजिजुलाई हेर्दा उनलाई कुनै चोट लागेको छैन । उनीसँगै कारमा सवार अन्य व्यक्ति पनि सकुशल छन् । अहिले स्थानीय प्रहरीले यस विषयमा सम्पूर्ण अनुसन्धान गरिरहेको छ ।

यस दुर्घटनाको केही समय अघि किरण रिजिजुले एक ट्विट मार्फत आफ्नो यात्राको जानकारी दिएका थिए। उनले आफ्नो ट्विटमा लेखेका थिए, ‘म अहिले जम्मुबाट उधमपुर जाँदैछु । त्यहाँ कानूनी सेवा शिविरमा सामेल हुनु पर्नेछ। यस कार्यक्रममा म बाहेक धेरै जजको टोली पनि सहभागी हुनेछन्। यतिबेला, म पनि यो यात्रामा उत्कृष्ट सडकको आनन्द लिइरहेको छु।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर