बलात्कारको आरोपमा ओखलढुंगामा ६० वर्षीय वृद्ध पक्राउ – Nepal Press

बलात्कारको आरोपमा ओखलढुंगामा ६० वर्षीय वृद्ध पक्राउ

ओखलढुङ्गा । जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले  ६० वर्षीय वृद्धलाई पक्राउ गरेको छ ।

जबरजस्ती करणी गरेको आरोपमा मानेभन्ज्याङ गाउँपालिका–२ का ६० वर्षीय गोपाल कटुवाललाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक देवेन्द्र दासका अनुसार एक २४ वर्षीय युवतीलाई बलात्कार गरेको आरोपमा उनलाई पक्राउ गरेको हो । बलात्कृत भनिएको युवतीको उजुरीको आधारमा कटुवाललाई पक्राउ परेका हुन ।

पक्राउ परेका कटुवालमाथि सोधपुछ जारी रहेको र उक्त घटनाका विषयमा थप अनुसन्धान गर्नु परेको भन्दै अदालतको म्याद थप गरेर उनलाई हिरासतमा राखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर