पौने तीन लाख नक्कली नोटसहित सर्लाहीमा एक युवा पक्राउ – Nepal Press

पौने तीन लाख नक्कली नोटसहित सर्लाहीमा एक युवा पक्राउ

सर्लाही । सर्लाहीमा नक्कली नोटसहित एक युवा पक्राउ परेका छन् ।

सर्लाही प्रहरीले पौने ३ लाख रुपैयाँ नक्कली नोटसहित बलरा नगरपालिका–५ अर्नाहाका ३० वर्षीय रामप्रसाद रायलाई पक्राउ गरेको हो ।

बरहथवा नगरपालिका–१७ स्थित बागमती सिँचाइ नहरमा नक्कली नोट लिएर हिँडिरहेको अवस्थामा रायलाई पक्राउ गरिएको सर्लाही प्रहरीका डिएसपी तथा प्रवक्ता डीएसपी कैलाश राईले जानकारी दिए।

उनका अनुसार पक्राउ रायका साथबाट १ हजारका २ लाख ६८ हजार रुपैयाँ नक्कली नोट बरामद गरिएको हो ।

प्रहरीले राय सवार भारतीय नम्बर प्लेटको बीआर ३० एम ३८२५ नम्बरको मोटरसाइकलसहित अर्को भारतीय नम्बर प्लेटको गरी दुई वटा मोटरसाइकल पनि बरामद गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *