मेसीको गोलसँगै फ्रेन्च लिगमा पीएसजीको अग्रता कायमै – Nepal Press

मेसीको गोलसँगै फ्रेन्च लिगमा पीएसजीको अग्रता कायमै

काठमाडौं ।  फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले मा २–० को सहज जित निकालेको छ । घरेलु टोली नाइसमाथि पीएसजीले  २–० को सहज जित निकाल्दै शीर्षस्थान कायमै राखेको छ ।

एलिएन्ज रिभिइरा नाइसमा शनिवार राति भएको खेलमा पहिलो हाफको  २६औँ मिनेटमा मेसीको गोल गरे । पहिलो हाफमा नै १–० को अग्रता लिन सफल भएको पीएसजीले दोस्रो गोलका लागि ५० मिनेट कुर्नुपर्‍यो ।

दोस्रो हाफको ७६औँ मिनेटमा मेसीको पासमा डिफेन्डर रामोसले गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे । यो गोलसँगै खेल २–० को अवस्थामा टुंगियो ।

यस जितसँगै पीएसजीले शीर्षस्थानमा ६ अंक थपेको छ । जसअनुसार  पिएसजीको ३० खेलबाट ६९ अंक हासिल गरेको छ भने पराजित नाइस ४५ अंक जोडेर आठौँ स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर