नयाँ सत्रदेखि शैक्षिक र भौतिक रूप फेर्दै जेभियर इन्टरनेशनल स्कूल, यस्ता छन् विशेषता (भिडिओ) – Nepal Press

नयाँ सत्रदेखि शैक्षिक र भौतिक रूप फेर्दै जेभियर इन्टरनेशनल स्कूल, यस्ता छन् विशेषता (भिडिओ)

अन्तर्राष्ट्रिय शिक्षाको केन्द्र बन्दै जेभियर इन्टरनेशनल स्कुल, क्याम्ब्रिज पाथवेजको पाठ्यक्रम लागू

काठमाडौं । जेभियर इन्टरनेशनल स्कुलले विद्यालयस्तरमा अन्तर्राष्ट्रिय शिक्षा अध्यापनको सुरुआत गरेको छ । स्कुलले विश्वको चर्चित क्याम्ब्रिज पाथवेजको पाठ्यक्रम लागू गरेर उक्त शिक्षा अध्यापन गराउन थालेको हो ।

विद्यालय व्यवस्थापनका अनुसार विद्यार्थीलाई ’ग्लोबल सिटिजन’ बनाउने उद्देश्यसहित स्कुलले क्याम्ब्रिज स्कूलस्तरको पाठ्यक्रममार्फत नेपाली विद्यार्थीलाई शिक्षा दिन थालेको हो । विश्व भरी १६० भन्दा बढी देशहरूका दश हजार भन्दा बढी स्कूलमा क्याम्ब्रिज स्कूलको पाठ्यक्रम लागू छन् ।

कक्षा १ देखि ७ सम्म पाठ्यक्रम लागू गरेका गरिएको छ । क्याम्ब्रिजले दिएका सबै मापदण्ड विद्यालयले पुरा गरेको छ । क्याम्ब्रिजले विद्यालयको भौतिक संरचना, नेतृत्व, व्यवस्थापन र स्कुलको भिजन हेरेर मात्रै उक्त सम्बन्धन दिने गरेको छ ।

क्याम्ब्रिजको पाठ्यक्रम किन ?

जेभियर इन्टरनेशनल स्कुलले क्याम्ब्रिज स्कुलको स्कुल स्तरीय पाठ्यक्रम लागू गर्नुको मुख्य कारण विद्यार्थीलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने नागरिक बनाउनु रहेको जनाएको छ ।

क्याम्ब्रिज पाठ्यक्रमले विद्यार्थीले लिएको लक्ष्य प्राप्तिका लागि सहज मार्ग देखाउने काम गर्छ भने पाठ्यक्रममा भएको लचिलोपनले बच्चाले आफूले चाहेको जस्तो वातावरण पाउँछन् ।

यो पाठ्यक्रमले विद्यार्थीलाई नयाँ नयाँ सम्भावना खोज्ने र त्यसको लागि ज्ञान र सीप लिन सक्ने गरी तयार पार्ने प्रिन्सिपल गोपाल भण्डारीले बताए । जुनसुकै पृष्ठभूमिको विद्यार्थीले पनि क्याम्ब्रिजको पाठ्यक्रम सहजसँग बुझ्न सक्ने उनको दाबी छ ।

विश्वको जुनसुकै कुनामा गएपनि क्याम्ब्रिज स्कूलको पाठ्यक्रमले मान्यता पाउँछन् । क्याम्ब्रिज स्कूलको पाठ्यक्रमले विद्यार्थीलाई उच्च शिक्षाका लागि तयार र विश्व भरी १६० भन्दा बढी देशहरूका दश हजार भन्दा बढी स्कूलमा क्याम्ब्रिज स्कूलको पाठ्यक्रम लागु भएको जेभियरले जनाएको छ ।

यो पाठ्यक्रमले १५० वर्ष भन्दा लामो ईतिहास बोकेको छ ।

वातावरण कस्तो छ ?

जेभियर इन्टरनेशनल स्कुलमा प्रविधिमैत्री उज्याला र चम्किला कक्षाकोठाहरू रहेको र अतिरिक्त क्रियाकलापका लागि पर्याप्त स्थान रहेको व्यवस्थापनले जनाएको छ ।

परम्परागत किताबी ज्ञानको सट्टा नवीन ज्ञान र सीपबाट विद्यार्थीलाई सुसज्जित गर्न कम्प्युटर शिक्षामा विशेष ध्यान दिइएको भण्डारीले बताए । विद्यार्थीलाई बलियो ज्ञान र आत्म–भरोसालाई विकास गर्न नृत्य कक्षाको व्यवस्था गरिएको छ । त्यस्तै शिक्षण सिकाइलाई दीर्घकालीन र उपलब्धिमूलक बनाउन संगीत कक्षाको पनि व्यवस्था छ ।

आवश्यक वैज्ञानिक उपकरण सहितको विज्ञान प्रयोगशाला पनि छ । विद्यार्थीहरूको सामान सुरक्षाका लागि लकरको व्यवस्था छ । स्कुलमा आधुनिक पुस्तकालय छ ।

यसैगरी स्कुलमा विद्यार्थीलाई खेलकुद प्रशिक्षण दिने प्रशिक्षक पनि छन् । विद्यार्थीलाई आवतजावत गर्न बसको सुविधा छ । विद्यालय भित्र जंकफुड निषेध छ । चमेना गृहको व्यवस्था छ ।

प्रत्येक कक्षा कोठामा सि.सि क्यामराको व्यवस्था छ । विद्यार्थीको स्वास्थ्य सुरक्षाको लागि स्टाफ नर्सको व्यवस्था छ । छात्राको प्याडको व्यवस्था छ ।

काठमाडौंको चाबहिल मैजुबहालमा रहेको जेभियर इन्टरनेशनल स्कुल प्रतिस्पर्धी बजारमा अब्बल शैक्षिक गन्तव्यको रूपमा विद्यार्थीको रोजाइमा परेको उनी बताउँछन् ।

अत्याधुनिक भौतिक संरचना

विद्यालय २०८० को शैक्षिक सत्रदेखि विद्यालय पूर्ण रूपमा नयाँ भवन, नयाँ शैक्षिक अवधारणा र नयाँ अध्यापन शैलीसहित आएको छ ।

मैजुबहालमा रहेको अत्याधुनिक भवनमा आउँदो शैक्षिक सत्रदेखि विगत भन्दा झन् उत्कृष्ट वातावरणमा अध्यापन सुरु हुँदैछ
भण्डारीले भने–जेभियर इन्टरनेशनल स्कुल प्रवेश गरेपछि हरेक विद्यार्थी, शिक्षक,अभिभावक र कर्मचारीले यहाँको वातावरणले स्वस्थ,स्वच्छ र सुरक्षित महसुस गर्न सकुन् ।

हरेक कक्षामा दुई सेक्सन राख्ने र एक सेक्सनमा जम्मा ३० जना विद्यार्थी राखिन्छ । हुलमुलको शिक्षाले राम्रो नतिजा आउँदैन भन्नेमा व्यवस्थापन स्पष्ट छ । त्यसैले १० कक्षासम्म ६ सय जना विद्यार्थी मात्र अध्यापन गराउने कोटा निर्धारण छ ।

सबैको प्रयासले शैक्षिक नतिजा राम्रो ल्याउन मद्दत गर्छ त्यसैले हामीले गुणस्तरीय शिक्षाका लागि टिचिङ÷लर्निङको राम्रो वातावरण बनाएको विद्यालय व्यवस्थापनले जनाएको छ ।

प्रविधियुक्त गुणस्तरीय टिचिङ/लर्निङ

करिब ७ रोपनी जग्गामा बनेको नयाँ संरचनामा विद्यार्थी मैत्री खेल मैदान, कक्षाकोठा, भर्‍याङ, शौचालय, क्यान्टिन छन् । विद्यार्थीले स्कुलभित्र छिरेपछि कुनै कुराको अभाव र कमीको महसुस नगरुन् भन्नेमा विद्यालय व्यवस्थापनको ध्यान केन्द्रित छ ।

जमानाको ब्ल्यकबोर्ड वा ह्वाइटबोर्ड हटाएर ग्लास लाइट बोर्डसँगै ६५ इन्चको मनिटर राखिएको छ जसले शिक्षक र विद्यार्थीको टिचिङ र लर्निङ क्षमतालाई सहज र वृद्धि गर्ने लक्ष्य स्कूलले लिएको छ ।

स्वास्थ्य र सुरक्षा

स्वास्थ्य र सुरक्षालाई विद्यालयले पहिलो प्राथमिकता दिएको छ । त्यसैले हामीले यस स्कुलमा प्रवेश गर्ने वित्तिकै विद्यार्थी र शिक्षक तथा कर्मचारीलाई फारम भरेर मात्रै प्रवेश गराइन्छ ।

अपराधजन्य घटना बढिरहेको अवस्थामा विद्यालयले अपनाएको सुरक्षाको मापदण्डले अभिभावकसमेत आफ्नो छोराछोरी सुरक्षित छन् भनेर ढुक्क हुन सक्नेछन् ।

यस्तै क्यान्टिनको खानामा पनि विद्यालयले विशेष ध्यान दिएको छ । विद्यालयले थ्रीस्टार लेभलको होटलको खाना खुवाउने गरी सेफदेखि किचन मेन्टेन गरेको छ ।

पाँचतारे होटलमा काम गरेका अनुभवी सेफ विद्यालयको क्यान्टिनमा जोडिएका छन् । त्यस्तै अटोमेटिक डिसवासले भाडा धुने मात्र नभई विद्यार्थीको स्वादअनुसार खाना सर्भ गर्ने व्यवस्था छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *