सभामुखको पहलमा सत्ता र प्रतिपक्षका शीर्ष नेताबीच छलफल – Nepal Press

सभामुखको पहलमा सत्ता र प्रतिपक्षका शीर्ष नेताबीच छलफल

काठमाडौं । सभामुख देवराज घिमिरेको पहलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीसहित शीर्ष नेताको छलफल भएको छ ।

सभामुखको कार्यालयमा भएको भेटमा दाहाल, ओली र शेरवहादुर देउवा सहभागी भएको सचिवालयले जनाएको छ ।

प्रतिनिधि सभाको कारवाही प्रभावकारी बनाउँने विषयमा सत्ता र प्रतिपक्षका नेताहरुलाई राखेर सभामुखले छलफल गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर