समाज डेन्टल हस्पिटलको ९ औं शाखा जोरपाटीमा – Nepal Press

समाज डेन्टल हस्पिटलको ९ औं शाखा जोरपाटीमा

काठमाडौँ । समाज डेन्टल हस्पिटलको ९ औँ शाखा जोरपाटीमा खुलेको छ । ‘दन्त उपचारमा सबैको पहुँच हाम्रो प्रतिबद्धता’ भन्ने उद्देश्यका साथ २३ वर्षदेखि दन्त सेवा दिइरहेको समाज डेण्टल हस्पिटलको ९ औँ शाखाले आजदेखि जोरपाटी बौद्धमा आफ्नो सेवा सुरु गरेको हो ।

समाज डेण्टल हस्पिटलले आफ्नो स्थापनाको २३ औँ वार्षिक उत्सवको अवसरमा बौद्ध–जोरपाटीबाट पनि सेवा दिने हेतुले शाखा बिस्तार गरेको हो ।

शनिवार एक विशेष कार्यक्रम गरी गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसालले सेवाको उद्घाटन गरे ।

उद्घाटनका सम्पूर्ण सेवाहरूमा ५०% छुट र बाँकी चैत्र महिना र वैशाख महिना भरि १५% छुट दिने जानकारी हस्पिटलका प्रबन्धक सविन घिमिरेले जानकारी दिए ।

प्रबन्धक घिमिरेले ऐतिहासिक धार्मिक, सांस्कृतिक शहर बौद्ध जोरपाटी क्षेत्रमा पनि आफ्नो सेवा विस्तार गर्न पाउँदा खुसी व्यक्त गरे ।

जोरपाटीमा सेवा शुभारम्भ गर्दै समाज डेण्टल हस्पिटलका कार्यकारी निर्देशक शंकु घिमिरेले अब यस क्षेत्रमा पनि सुलभ शुल्कमा सबैले दन्त सेवा पाउने र यसरी सेवा विस्तार गर्न पाउँदा खुसी लागेको बताए ।

समाज डेण्टल हस्पिटलले विगत २३ वर्ष देखि दाँत तथा मुख सम्बन्धी सेवा दिइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर