भारतमा एक दिनमै भेटिए ६ हजार बढी कोरोना संक्रमित, ११ जनाको मृत्यु – Nepal Press

भारतमा एक दिनमै भेटिए ६ हजार बढी कोरोना संक्रमित, ११ जनाको मृत्यु

काठमाडौं । भारतमा एकै दिनमा ६ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ जनाले संक्रमणको कारण ज्यान गुमाएका छन् ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार हाल भारतमा ३१ हजार १ सय ९४ कोरोना संक्रमित रहेका छन् ।

भारतको जीनोम सिक्वेन्सिङ अनुगमन निकायका अनुसार हाल भारतमा रहेको संक्रमण मध्य ३८.२५ कोरोना केसहरू एक्स्बीबी १.१६ ओमिक्रोन भेरियन्टका कारण भएको छ ।

यो भेरियन्ट एक्सबीबी १ भेरियन्ट भन्दा १.२७ गुणा र एक्सबीबी १.५ भेरियन्ट भन्दा १.१७ गुणा छिटो फैलन सक्ने जनाइएको छ ।

एक्सबीबी १.१६ भेरियन्ट छिट्टै नै विश्वभर फैलन सक्ने आशंका जताइएको छ । यस विषयमा विश्व स्वास्थ्य संगठनले निगरानी गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर