ह्याम्स अस्पतालको हेलिप्याडमा अवतरण गर्ने क्रममा हेलिकोप्टरको पंखा खस्यो – Nepal Press

ह्याम्स अस्पतालको हेलिप्याडमा अवतरण गर्ने क्रममा हेलिकोप्टरको पंखा खस्यो

काठमाडौं । धुम्बाराहीस्थित ह्याम्स अस्पतालको हेलिप्याडमा ल्याण्ड हुने क्रममा डायनिस्टक एयरको हेलिकोप्टरको पंखा खसेको छ ।

ह्याम्सका डाक्टरलाई चितवन लिएर जानका लागि त्रिभुवन विमानस्थलबाट हेलिप्याडमा अवतरण गर्दा पछाडिको पंखा खसेको ह्याम्सका अध्यक्ष आरएस भण्डारीले जानकारी दिए ।

हेलिकोप्टरको पंखा खसेपछि डाइनेस्टीको हेली लिएर डाक्टरको टोली चितवन पठाइएको भण्डारीले बताए ।

पंखा खसेको हेलिकोप्टर अस्पतालको हेलिप्याडमै छ । प्राविधिक आएर बनाएपछि लैजाने तयारी छ । सो घटनामा चालक सकुशल रहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *