रवि लामिछानेको आक्रोश- मेरो विरोध गर्नेहरू भ्रष्टाचारी हुन्, त्यस्तालाई जवाफ दिने होइन जेल कोच्छु (भिडिओ) – Nepal Press

रवि लामिछानेको आक्रोश- मेरो विरोध गर्नेहरू भ्रष्टाचारी हुन्, त्यस्तालाई जवाफ दिने होइन जेल कोच्छु (भिडिओ)

तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ३० वर्षसम्म शासन सत्ता चलाएर देश खोक्रो बनाउनेहरूले आफूलाई प्रश्न सोध्ने र आलोचना गर्ने अधिकार नरहेको बताएका छन् ।

तनहुँको आँबुखैरेनीमा स्वर्णिम वाग्लेका लागि मत माग्न आयोजित आमसभामा सभापति लामिछानेले आफूलाई प्रश्न सोध्ने ती व्यक्तिहरूलाई रास्वपाको सरकार बनेपछि भ्रष्टाचारमा जेल कोच्ने चेतावनी दिए ।

लामिछानेले भने– हाम्रो सरकार बन्यो भने भ्रष्टाचारमा जेल कोच्ने भनेका मान्छेले हाम्रो आलोचना गरेका छन् । तीनका प्रश्नको जवाफ म दिन्न,तीनलाई त जेल ठोक्ने हो । ३० वर्ष देश लुट्नेहरूले हामीलाई प्रश्न सोध्न लाज मान्नुपर्छ, हामीलाई प्रश्न सोध्ने होइन ।

सभापति लामिछानेले जान्नेलाई जनताले छान्नुपर्ने भन्दै सबै दलभित्र रहेकाहरूलाई योग्य र सक्षमलाई समेटेर आफू अघि बढ्ने बताए ।


प्रतिक्रिया

2 thoughts on “रवि लामिछानेको आक्रोश- मेरो विरोध गर्नेहरू भ्रष्टाचारी हुन्, त्यस्तालाई जवाफ दिने होइन जेल कोच्छु (भिडिओ)

  1. ए….. भनेपछि महाशयलाइ प्रश्न समेत साेध्न नपाइने ? महाशयले प्रश्न साेध्नेलाइ सिधै जेलमा काेच्ने ? त्यसका लागि त पुलिस हुनुपर्थ्याे नि, किन जनप्रतिनिधि हुन गएकाे ?

  2. रबी लामिछानेले भने– हाम्रो सरकार बन्यो भने भ्रष्टाचारमा जेल कोच्ने भनेका मान्छेले हाम्रो आलोचना गरेका छन् । तीनका प्रश्नको जवाफ म दिन्न,तीनलाई त जेल ठोक्ने हो । हामीलाई प्रश्न सोध्न लाज मान्नुपर्छ, हामीलाई प्रश्न सोध्ने होइन ।
    ए साँच्चै हो त भनबानको मन्दीरमा गएर कसैले प्रश्न सोध्छ ???? । पहिले राजाका पालामा पनि कसैले प्रश्न गर्ने हिम्मत गथ्र्यो ?????? हा हा हा हा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर