महिलाको ३३ प्रतिशत हक विद्या भण्डारीको नेतृत्वमा पुनर्स्थापित संसदबाट प्राप्त भएको थममायाको दाबी – Nepal Press

महिलाको ३३ प्रतिशत हक विद्या भण्डारीको नेतृत्वमा पुनर्स्थापित संसदबाट प्राप्त भएको थममायाको दाबी

काठमाडौं । नेकपा एमालेनिकट अखिल नेपाल महिला संघले राज्यका सबै तहमा ३३ प्रतिशत महिला सहभागिता र आमाको नामबाट नागरिकता पाउने व्यवस्था आफ्नो नेतृत्वमा प्राप्त भएको भन्दै यसको स्वामित्व लिने घोषणा गरेको छ ।

शनिवार काठमाडौंमा शुरु भएको अखिल नेपाल महिला संघको सातौँ राष्ट्रिय सम्मेलन उद्घाटन समारोहमा संघकी अध्यक्ष थममाया थापा मगरले एमालेको एकल बहुमतको सरकार नबनेसम्म संविधान र कानूनमा व्यवस्था भएका महिलाका अधिकार व्यवहारमा कार्यान्वयन गर्न समस्या आइरहने दाबी गरिन् ।

महिला संघकी संयोजक थापाले आफ्नो संगठनको तत्कालीन अध्यक्ष विद्या भण्डारीको नेतृत्वमा संसदबाट २०६३ जेठ १६ गते महिलाको ३३ प्रतिशत सहभागिता, विभेदपूर्ण कानून खारेजे,सबै खाले महिला हिंसाको अन्त्य र आमाको नामबाट नागरिकता पाउने प्रस्ताव पारि भएको बताइन् ।

विद्या भण्डारीकै नेतृत्वमा उक्त व्यवस्था अन्तरिम संविधान र संविधानसभाबाट जारी भएको संविधानमा उल्लेख गरिएको भन्दै संयोजक थापा मगरले एमालेका कारण प्राप्त भएका महिला अधिकारको विषयमा अरूले स्वामित्व लिन खोजेको आरोप समेत लगाइन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेको सम्मेलन २ दिनसम्म काठमाडौंमा चल्नेछ । सम्मेलनबाट नयाँ नेतृत्व चयन हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर