ललितपुरमा अपार्टमेन्ट बनाउँदा भासियो वरपरका घरहरु (तस्बिरहरु/ भिडिओ) – Nepal Press

ललितपुरमा अपार्टमेन्ट बनाउँदा भासियो वरपरका घरहरु (तस्बिरहरु/ भिडिओ)

काठमाडौं । ललितपुरको बखुण्डोलमा समिट अपार्टमेन्ट बनाउने क्रममा वरपरका घरहरु भासिएकाे छ ।

समिट अपार्टमेन्ट बनाउन जग राख्न डोजर लगाए खन्दा वरपरका घरहरु भासिएको हो । अपार्टमेन्ट बनाउन लागेको जग्गासँगै जोडिएको दुई वटा घर पुरै भत्किएको छ ।

थप दुई घर दुई तल्लासम्म भासिएको छ । शुक्रबार राति घरहरु भत्किनुको साथै घरहरु भासिएको थियो । साथै सडक समेत चर्किएको छ । स्थानीयहरुको राति भागदौड मच्चिएको थियो । मानविय क्षति भने भएको छैन ।

घटनास्थलमा ललितपुरकी सांसद डा. तोसिमा कार्की पनि पुगेकी छन् । स्थानीयका अनुसार अपार्टमेन्ट निर्माणको लागि वर्क पर्मिट लिइएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर