बिहानै बालेनको आक्रोशित स्टाटस- आजदेखि सिंहदरबारको फोहोर उठ्दैन – Nepal Press

बिहानै बालेनको आक्रोशित स्टाटस- आजदेखि सिंहदरबारको फोहोर उठ्दैन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आजदेखि सिंहदरबारको फोहोर नउठ्ने बताएका छन् ।

स्थानीय नेताहरुले सिसडोलमा फोहोर व्यवस्थापन गर्न पटकपटक अवरोध गरेको भन्दै उनले आजदेखि नै सिंहदरबारभित्रबाट निस्कने फोहोर नउठाउने बताएका हुन् ।

उनले देश सफा गर्न परे नेताहरुलाई सिसडाेलमा डप्प गर्नुपर्ने भन्दै आक्रोश पाेखेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘आज बाट सिंहदरबारको फोहोर उठ्दैन । साच्चिकै देश सफा गर्नु परे,त्यहाँका नेताहरुलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर