संसद भवन अगाडि आत्मदाहको प्रयास गरेका पुरुषलाई काउन्सेलिङ गर्दै प्रहरी, डिप्रेसनको आशंका – Nepal Press

संसद भवन अगाडि आत्मदाहको प्रयास गरेका पुरुषलाई काउन्सेलिङ गर्दै प्रहरी, डिप्रेसनको आशंका

काठमाडौं । संसद भवन नजिकै शुक्रबार अपरान्ह आत्मदाहको प्रयाश गरेका व्यक्तीलाई प्रहरीले अहिले आफ्नै कार्यालयमा राखेर काउन्सेलिङ गरिरहेको छ ।

ती व्यक्तीलाई बानेश्वर प्रहरी वृत्तमा राखिएको छ । ‘अलिक बढी नै डिप्रेसनमा रहेको जस्तो देखिन्छ । हामी काउन्सेलिङ गरिरहेका छौँ तर अहिले उनी धेरै कुराकानी गर्न सक्ने अवस्थामा पनि छैनन्’, काठमाडौं प्रहरी परिसरका एक अधिकारीले भने ।

५०/५१ वर्ष उमेरका ती व्यक्ती आफू पारिवारिक तनावमा रहेका कारण उक्त निर्णयमा पुगेको सोधपुछका क्रममा बताएका छन् । उनले भक्तपुरमा आफू एक्लै बस्ने गरेको बताएका छन् ।

‘उनी भक्तपुरमा के गर्दै बसिरहेका थिए भन्नेबारे अहिले केही खुल्न सकेको छैन । तर आत्मदाह प्रयास पछाडिको कारण चाहीँ पारिवारिक तनावजस्तो देखिन्छ’, ती अधिकारीले भने ।

संसद भवन परिसरको सुरक्षामा खटिएको प्रहरीले पेट्रोल छर्किरहेको अवस्थामा ती व्यक्तीलाई उद्दार गरेको थियो । स्रोतका अनुसार आफ्नो शरिरमा पेट्रोल छर्किरहेको देखेपछी नजिकै ड्युटीमा रहेको प्रहरी तत्कालै पुगेर उनलाई नियन्त्रणमा लिएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर