अश्लील हर्कत गर्ने जनमतका सांसद खानलाई निलम्बन गर्न राष्ट्रिय एकता अभियानको माग – Nepal Press

अश्लील हर्कत गर्ने जनमतका सांसद खानलाई निलम्बन गर्न राष्ट्रिय एकता अभियानको माग

जनकपुरधाम । अश्लील हर्कत गरेको भन्दै जनमत पार्टीका सांसद अब्दुल खानलाई निलम्बन गर्न राष्ट्रिय एकता अभियानले माग गरेको छ ।

अभियानका संयोजक विनय यादवले शुक्रबार संघीय संसदका सभामुख देवराज घिमिरेलाई ज्ञापन पत्र बुझाउँदै सांसद खानलाई निलम्बन गर्न माग गरेका हुन् । खानलाई तत्काल सांसद पदबाट निलम्बन गरी कानूनी कारवाही अगाडि बढाउन समेत अभियानले माग गरेको छ ।

’सांसदजस्तो सार्वजनिक जीवनमा रहेका व्यक्तिको यस्तो हर्कत क्षमायोग्य छैन्’, ज्ञापन पत्रमा भनिएको छ, ’सांसद खानको हर्कतले नेपालको संसदीय व्यवस्था, संघीय लोकतान्त्रिक गणतन्त्र एवम् समग्र राजनीतिक प्रणालीकै शीर निहुरिएको छ ।’

खानेपानी तथा सरसफाई मन्त्रीबाट राजिनामा दिएको केहि दिनमै जनमतका सांसद खानको अश्लील भिडिओ सार्वजनिक भयो । अपरिचित यूवतीसंग भिडिओ कलमा अश्लील हर्कत गरेको भिडिओ सार्वजनिक भएपछि सांसद खानको व्यापक आलोचना भइरहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर