सिटिजन लाइफ इस्न्योरेन्सको ‘सुनौलो १०० दिन’ सुरु – Nepal Press

सिटिजन लाइफ इस्न्योरेन्सको ‘सुनौलो १०० दिन’ सुरु

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले ‘सुनौलो १०० दिन’ कार्यक्रमको सुरुवात गरेको छ ।

आज शुक्रबार देखि शुरु भएको कार्यक्रम नयाँ वर्ष २०८० साल असार मसान्तसम्म चल्ने जनाइएको छ । आम मानिससम्म बीमाको पहुँच, यसका फाइदा, रोजगारीको अवसरको चेतना बिकास गर्दै, विभिन्न स्थानीय तहँमा व्यवसायिक अभिकर्ता निर्माण गर्ने कम्पनीले जनाइएको छ ।

देश आर्थीक तरलता संकटबाट गुज्रिरहेको चुनौतीपुर्ण समयलाई अवसरमा परिवर्तन गर्ने उद्देश्यका साथ अभियानको आयोजना गरेको कम्पनीले जनाएको छ ।

शुक्रबार बुटवल कार्यक्रममा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल , प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमाल, पश्चिम क्षेत्र साथै मध्य र मध्य पश्चिम क्षेत्रका प्रमुख व्यवसाय अधिकृत धोज बहादुर खड्का र सुनिल पोखरेलबाट अभियानको उद्घाटन गरिएको कम्पनीले बताएको छ ।

कम्पनीले आफ्नो ब्राण्ड एम्बेसेडर महजोडीसँग सहकार्य गर्दै अभियानलाई सम्पन्न गर्ने जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर