रक्षामन्त्री बनेपछि पहिलोपटक जङ्गी अड्डा पुगे खड्का – Nepal Press

रक्षामन्त्री बनेपछि पहिलोपटक जङ्गी अड्डा पुगे खड्का

काठमाडौं । नवनियुक्त रक्षामन्त्री पुर्णबहादुर खड्का शुक्रबार भद्रकालीस्थित सैनिक जङ्गी अड्डा पुगेका छन् । मन्त्री बनेपछि उनी पहिलोपटक नेपाली सेनाको हेडक्वार्टर पुगेका हु्न् ।

प्रधान सेनापती प्रभुराम शर्माले उनलाई स्वागत गरेका थिए । नेपाली सेनाले संगठनको संगठनात्मक स्वरुप, तैनाथी, स्वदेश र अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली सेनाले सन्चालन गरेका अप्रेसन तथा विविध गतिविधीबारे जानकारी गराइएको थियो ।

उनले आफुले चाहेकै मन्त्रालयमा नियुक्ती पाएको बताउँदै देशको सामरिक अवस्थिती र विश्वको वर्तमान परिवेश अनुकुलको सन्तुलित व्यवहार आवश्यक रहेको बताए ।

जनताको आशा र विश्वास जगाउन मन्त्रालय र सेनाले पारिवारिक परिवेशमा काम गर्ने प्रतिबद्धता जनाए । काठमाडौं–तराई द्रुतमार्ग आयोजनालाई छिटो सम्पन्न गर्न आफुले सबै किसिमको सहयोग गर्ने पनि मन्त्री खड्काले बताएका छन् ।

प्रधान सेनापती शर्माले बदलिँदो क्षेत्रीय र अन्तर्राष्ट्रिय बहुआयमिक चुनौतीहरु र त्यसबाट राष्ट्रिय सुरक्षामा पर्न सक्ने सम्भावित प्रभावका लागि नेपाली सेनाको आधुनिकिकरण आवश्यक रहेको बताउँदै मन्त्रालय, नेपाल सरकार र नेपाली जनताको आशा र अपेक्षाअनुसार काम गर्न प्रतिबद्ध रहेको उल्लेख गरेका थिए। रक्षा सचिव किरणराज शर्माले नेपाली सेनाको कठिनाईहरु समाधानमा नवनियुक्त रक्षामन्त्री खड्काले निरन्तर चासो राखिरहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर