उपेन्द्र यादवविरुद्ध सामाजिक सञ्जालमा लेख्नेलाई पनि कारवाही गर्ने कांग्रेसको चेतावनी – Nepal Press

उपेन्द्र यादवविरुद्ध सामाजिक सञ्जालमा लेख्नेलाई पनि कारवाही गर्ने कांग्रेसको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसले जसपा अध्यक्ष उपेन्द्र यादवविरुद्ध टिकाटिप्पणी गरे कारवाही गर्ने चेतावनी दिएको छ ।

कांग्रेस जिल्ला कमिटी बाराको बैठकले सत्ता गठबन्धनका साझा उम्मेदवार यादव विरुद्ध गतिविधि गरे कारवाहीको चेतावनी दिएको हो ।

बारा जिल्ला सचिवद्वय राजेश रोनियार र भैयाराम यादवले संयुक्त विज्ञप्ति जारी गरेर उम्मेदवार यादवविरुद्ध सामाजिक सञ्चालन, फोन कल तथा सार्वजनिक अभिव्यक्ति दिए पार्टीको विधान अनुसार कारवाही गर्ने बताएका छन् ।

जसपा अध्यक्ष यादवलाई कांग्रेससहित माओवादी केन्द्र, लोसपा र नेकपा एसको साथ छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर