उपेन्द्र यादवकाे मैदानमा लोसपाले तोक्यो जितेन्द्र सोनललाई कमाण्डर – Nepal Press

उपेन्द्र यादवकाे मैदानमा लोसपाले तोक्यो जितेन्द्र सोनललाई कमाण्डर

जनकपुरधाम । उपनिर्वाचन हुन लागेको बारा २ मा जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवलाई जिताउन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले कमाण्डर तोकेको छ ।

लोसपा अध्यक्ष महन्थ ठाकुरले बारा २ मा उम्मेदवार बनेका जसपा अध्यक्ष यादवलाई जिताउन सोनललाई कमाण्डर तोकेका हुन् ।

उम्मेदवार यादव, गठबन्धनका दलहरु एवम् लोसपाका जिल्ला तथा क्षेत्रका समस्त पार्टी पंक्तिसंग समन्वय र सहकार्य गरी निर्वाचनलाई सफल बनाउन सोनललाई केन्द्रीय प्रतिनिधिको जिम्मेवारी दिएको लोसपा अध्यक्ष ठाकुरले उल्लेख गरेका छन् ।

बारा २ बाट निर्वाचित रामसहाय प्रसाद यादवलाई जसपाले उपराष्ट्रपति बनाएपछि खाली भएको उक्त क्षेत्रबाट अध्यक्ष यादव आफै उम्मेदवार बनेका छन् ।

जसपाबाट अलग भएर लोसपा गठन गर्नुपर्दा महन्थ ठाकुर र उपेन्द्र यादवबीच लामो समय मनमोटाव चल्यो । तर उपनिर्वाचनमा राजेन्द्र महतोलाई उम्मेदवार बनाउने निर्णयबाट पछि हटेको लोसपा जसपा अध्यक्ष यादवलाई जिताउन कमाण्डर नै तोकेपछि उनीहरुबीचको सम्बन्ध सुधार भएको देखिएको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर