नेपाल आँखा अस्पतालकाे स्वर्ण महाेत्सव : १ लाख २५ हजार ३७९ जनाको शल्यक्रिया सम्पन्न (भिडिओ) – Nepal Press

नेपाल आँखा अस्पतालकाे स्वर्ण महाेत्सव : १ लाख २५ हजार ३७९ जनाको शल्यक्रिया सम्पन्न (भिडिओ)

काठमाडौं । नेपाल आँखा अस्पतालले हालसम्म एक लाख २५ हजार तीन सय ७९ जनाको आँखाको शल्यक्रिया गरेको जनाएको छ ।

अस्पताल स्थापनाको स्वर्ण महोत्सव शुभारम्भको अवसरमा शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै हालसम्म ३१ लाख ८२ हजार पाँच सय ७९ जनालाई सेवा उपलब्ध गराएको र एक लाख २५ हजार तीन सय ७९ जनाको आँखाको शल्यक्रिया गरिएको जनाएको हो ।

अस्पतालबाट १४ जना नेत्र विशेषज्ञ लगाएत १२९ जना कर्मचारीबाट आँखा सेवाको विशिष्टकृत सेवा प्रदान गर्दै आएको अस्पतालका अध्यक्ष डा गोपालप्रसाद पोखरेलले जानकारी दिए ।

चालू आर्थिक बर्षको ८ महिनामा ९४ हजार ३ सय ४६ जनालाई सेवा प्रदान गरिएको र ५ हजार १३ जनाको शल्यक्रिया भइसकेको उनले बताए । उनले अस्पतालको चारवटा शाखाबाट पनि सेवा प्रवाह भइरहेको जानकारी दिए । हाल अस्पतालबाट दैनिक चारसय देखि सात सय बिरामीले बहिरङ्ग सेवा लिने गरेको उनले बताए ।

डा. पोखरेलले देशमा आँखाको उपचार सेवा व्यापक गर्न, दुर्गम र सुविधाविहीन क्षेत्रमा आँखा उपचार शिविर सञ्चालनका लागि स्थानीय तहसँगको सहकार्य जरुरी भएको बताए । अस्पतालको विसं २०३० चैत २६ मा स्थापना भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *