एनआईसी एशियाका ग्राहकलाई केसर स्वीट्स एण्ड फुड्समा १० प्रतिशत छुट – Nepal Press

एनआईसी एशियाका ग्राहकलाई केसर स्वीट्स एण्ड फुड्समा १० प्रतिशत छुट

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकलाई केसर स्वीट्स एण्ड फुड्समा १० प्रतिशत छुट दिने समझदारी भएको छ ।

शुक्रबार समझदारीपत्रमा बैंकको तर्फबाट लाइफ स्टाइल बैंकिङ्ग युनिभर्स प्रमुख श्याम प्रसाद लामिछाने र केसर स्वीट्स एण्ड फुड्सको तर्फबाट सह-संस्थापक प्रिया तयालले हस्ताक्षर गरेका हुन् ।

समझदारी अनुसार बैंकमा खाता भएका ग्राहकले मोबाइल बैंकिङ्ग, डेबिट कार्ड, क्रेडिट कार्ड वा प्लाटिनम कार्ड प्रयोग एवं बैंकका कर्मचारीले डिजिटल माध्यमबाट भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त हुने बैंकले बताएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर