‘बिहेपास’को आधिकारिक शीर्ष लिरिकल गीत सार्वजनिक – Nepal Press

‘बिहेपास’को आधिकारिक शीर्ष लिरिकल गीत सार्वजनिक

काठमाडौं । यही बैशाख १ गतेबाट रिलिजको तयारीमा रहेको चलचित्र ‘बिहेपास’ को आधिकारिक शीर्ष लिरिकल गीत सार्वजनिक भएको छ। प्रताप दासको स्वर रहेको उक्त गीतमा अभिनेता दयाहाङ राई र अभिनेत्री प्रकृति श्रेष्ठ फिचर्ड छन्।

एक महिना अगाडि यस चलचित्रको आधिकारिक गीत ‘खाली छैन मेरो मुटु’ सार्वजनिक भएको थियो। गीतले खासै चर्चा नबटुले पनि ‘बिहेपास’को ट्रेलर र टिजरले भने दर्शकको राम्रो साथ पाएको थियो।

चलचित्र रिलिज मिती नजिकिएपछि निर्माण टिमले लिरिकल गीत सार्वजनिक गरेको हो। सार्वजनिक गीतलाई विष्णु भण्डारीको शब्द र सरोज पोख्रेलको संगीत छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *