दुई करोडभन्दा बढीको चार वटा चेक बाउन्समा ठेकेदार बुढामगर पक्राउ – Nepal Press

दुई करोडभन्दा बढीको चार वटा चेक बाउन्समा ठेकेदार बुढामगर पक्राउ

काठमाडौं । ‘क’ श्रेणीका ठेकेदार खगेन्द्र बुढामगर पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरको टोलीले बुढामगरलाई चेक बाउन्सको मुद्दामा पक्राउ गरेको हो ।

परिसर स्रोतका अनुसार उनीविरुद्ध दुई करोड रुपैयाँभन्दा बढीको चार वटा चेक बाउन्सको उजुरी परेको छ । उनी श्री जयन्ती निर्माण सेवा कम्पनीका सञ्चालक हुन् ।

रोल्पा स्थायी घर भएका बुढामगर राजनीतिक शक्ति केन्द्र निकट मानिन्छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर