संसदमा माओवादीको प्रस्ताव- शान्ति प्रक्रियालाई फास्ट ट्र्याकबाट टुंग्याऔं – Nepal Press

संसदमा माओवादीको प्रस्ताव- शान्ति प्रक्रियालाई फास्ट ट्र्याकबाट टुंग्याऔं

सांसद पौडेलको प्रश्न- वाक स्वतन्त्रताको निम्ति लडेको योद्धाहरुको रगत खाटो तपाईंहरु बसेको कुर्सीमा त छैन ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा सांसद देवेन्द्र पौडेलले संक्रमणकालीन न्यायको विषयलाई टुंग्याउन एकजुट हुन आग्रह गरेका छन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पौडेलले भने, ‘संक्रमणकालीन न्यायको विषय आज सबैभन्दा पेचिलो विषय बनेको छ । यो इतिहासको खास कालखण्डमा नेपाली जनताको आन्दोलनबाट प्राप्त भएको मूल्य मान्यताको जगमा हामी अगाडि छौं । त्यसलाई टुंग्याउनु सबैको कर्तव्य हो ।’

उनले शान्ति प्रक्रियालाई टुंग्याउन सरकारले विधेयक अघि सारेपछि विरोध गर्नेहरुलाई लक्षित गर्दै इतिहासको सम्मान गर्न आग्रह गरे ।

उनले भने, ‘यो प्रति केही माननीयहरुले विपत्ति प्रकट गरेको मैले सुनेँ । मेरो अनुरोध त कतै तपाईं बसेको कुर्सीमा प्रेस स्वतन्त्रताको निम्ति, मानवधिकार र लोकतान्त्रिक मूल्य र मान्यताको निम्ति र वाक स्वतन्त्रताको निम्ति लडेको योद्धाहरुको रगत त कतै खाटो बसेको छ कि सोचौं ? इतिहासको सम्मान गर्न सकिन्छौं । त्यसैले शान्ति प्रक्रियालाई फास्ट ट्र्याक टुंग्याऔं ।’

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर