यस्तो छ यसपालि बजेट बनाउने टीम – Nepal Press

यस्तो छ यसपालि बजेट बनाउने टीम

काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष (२०८०/८१) को बजेट लेख्न समिति गठन गरेको छ । मन्त्रालयले सहसचिव भुपाल बराल संयोजक रहने गरी बजेट मस्यौदा लेखन समिति गठन गरेको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।

बराल हिजो मात्र अर्थमन्त्रालय सरुवा भएर आएका हुन् । बजेट लेख्ने टोलीमा सहसचिव उत्तरकुमार खत्री, धनिराम शर्मा, आनन्द काफ्ले, बाबुराम सुवेदी र जनकराज शर्मा सदस्य रहेका छन् ।

त्यस्तै, खत्री पनि हिजो मात्रै अर्थ आएका हुन् । यसअघि राजस्व सचिवको नेतृत्वमा राजस्व परामर्श समिति गठन भएर काम भइरहेको छ ।

आगामी आर्थिक वर्षको बजेट जेठ १५ गते सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ । यसअघि नै बजेट निर्माणको कार्यतालिका समेत बनेको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर